सी चिनफिङद्वारा भियतनामका राष्ट्राध्यक्षसँग टेलिफोन वार्ता
2021-05-24 21:04:08cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मे २४ तारिख भियतनामका राष्ट्राध्यक्ष नग्येन स्युन फुकसँग टेलिफोन वार्ता गर्नुभएको छ।

सो अवसरमा सी चिनफिङले भियतनामसँग मैत्रीपूर्ण सम्बन्ध बनाउने नीतिमा चिनियाँ कम्युनिष्ट पार्टी र सरकार अडिग रहेर भियतनामसँग मिलेर दुई पार्टी र मुलुकको सम्बन्ध र समाजवादी कार्यलाई नयाँ शक्ति प्रदान गर्ने इच्छा चीनले लिएको व्यक्त गर्नुभयो।

प्रत्युतरमा नग्येन स्युन फुकले महासचिव सी चिनफिङ केन्द्रित चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनले महामारीको नियन्त्रण गरेको भन्दै चीनसँग मिलेर दुई देशका उच्च तहबीचको सहमतिको पालना गरी विभिन्न क्षेत्रको सहयोगलाई बढाएर क्षेत्रीय शान्ति र समाजवादी विकासको कार्यमा योगदान गर्ने इच्छा भियतनामले लिएको बताउनुभयो।