बेइजिङस्थित नेपाली दूताबासमा २५६५ औँ बुद्धजयन्ती
2021-05-26 14:27:59CRI
Share with:

बेइजिङस्थित नेपाली दूताबासमा २५६५ औँ बुद्धजयन्ती_fororder_hima20210526 bhudha (7)

चीनका लागि नेपाली दूतावासको प्राङ्गणमा बुधबार बिहान २५६५ औँ बुद्धजयन्ती मनाइएको छ। अरूलाई दुःख नदिनु, हिंसा नगर्नु, झुटो नबोल्नु जस्ता बुद्ध वचनको वर्षैभरि आफूबाट परिपालना भयो भएन भनेर यो दिन स्मृति गर्ने गरिन्छ। उक्त समारोहमा चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले सबै अतिथिहरूको स्वागत गर्दै गौतम बुद्ध जन्मथलो नेपालको भ्रमण गर्न आह्वान पनि गर्नुभयो। उहाँले नेपाल र चीनको सम्बन्धमा बुद्ध धर्मको महत्वपूर्ण भूमिका रहेको पनि औँल्याउनुभयो।