सीद्वारा मोन्टेनोग्रोका राष्ट्रपतिसँग टेलिफोन वार्ता
2021-05-26 20:23:20cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले २६ तारिख मोन्टेनेग्रोका राष्ट्रपति मिलो डोकानोभिचसँग टेलिफोन वार्ता गर्नुभएको छ।

सी चिनफिङले यसै वर्ष चीन-मध्य-पूर्वी युरोप मुलुकबीच हरित विकास र वातावरण संरक्षण विकास गर्ने वर्ष हो भन्दै चीनले चीन-मध्ये-पूर्वी युरोप मुलुकको वातावरण सहयोग प्रणालीमा मोन्टेनेग्रोको सक्रिय भूमिकाको समर्थन गर्नुका साथै मोन्टेनेग्रोसँग चीन-मध्य पूर्वी युरोप सहयोगलाई अरू विकासमा अघि बढ्ने इच्छा लिएको बताउनुभयो।

प्रत्युत्तरमा डोकानोभिचले मोन्टेनेग्रोले मध्य पूर्वी युरोप मुलुक-चीन सहयोग विकासलाई गहन पार्ने इच्छा लिएको भन्दै मोन्टेनेग्रो-चीन र मध्य पूर्वी युरोप-चीन सहयोगको भविष्यबारे आफ्नो सम्पूर्ण विश्वास रहेको व्यक्त गर्नुभयो।