सीद्वारा स्पेनका प्रधानमन्त्री पेट्रो सान्चेजसँग टेलिफोन वार्ता
2021-05-26 20:24:32cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले २६ तारिख स्पेनका प्रधानमन्त्री पेट्रो सान्चेजसँग टेलिफोन वार्ता गर्नुभएको छ।

सी चिनफिङले कोभिड-१९ महामारी फैलिए पनि चीन-युरोप व्यावहारिक सहयोगको ठूलो संभावना देखिएको भन्दै भविष्यमा चीन-युरोप सम्बन्धसमक्ष नयाँ मौका देखिनुका साथै विभिन्न चुनौति पनि देखिनेछ भने स्पेन सरकारले चीन-युरोप सम्बन्धको स्थिर तथा दीर्घकालीन विकासको रचनात्मक भूमिका निर्वाह गर्ने आशा आफूले लिएको दोहोर्याउनुभयो।

सान्चेजले महामारी फैलिए पनि स्पेन र चीनबीचको सम्बन्धमा राम्रो विकास भएको भन्दै स्पेनले युरोप-चीन रणनीतिक साझेदारी सम्बन्धको विकासमा सक्रिय भूमिका निर्वाह गर्ने इच्छा लिएको व्यक्त गर्नुभयो।