सीद्वारा विश्व वातावरण न्यायिक सम्मेलनलाई बधाइ सन्देश
2021-05-26 18:40:52cri
Share with:

मे २६ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले विश्व वातावरण न्यायिक सम्मेलनलाई बधाइ सन्देश पठाउनुभएको छ।

सी चिनफिङले पृथ्वी हाम्रो साझा घर हो भन्दै विश्वका विभिन्न मुलुकले मिलेर मानव जाति र प्रकृतिबीच मेलमिलापयुक्त सुन्दर घरको छिटै रचना गर्नुपर्ने दोहोर्याउनुभयो। उहाँले नवीन सिर्जना, समन्वय, हरित, खुला, शेयरिङ समेत नयाँ विकास अवधारणामा चीन अडिग रहनुका सथै परिस्थितिको संरक्षणलाई बढाएर विश्व पारिस्थितिकीय सभ्यता रचनामा सक्रिय रूपमा संलग्न भएको व्यक्त गर्नुभयो।

चीनले वातावरण न्यायिक सुधारको नवीन सिर्जनालाई अरू गहन पारी पारिस्थितिकीय न्याय संरक्षणको उपयोगी अनुभव संकलन गरेको पनि उहाँले उल्लेख गर्नुभयो। चीनले विश्वका विभिन्न मुलुक र अन्तर्राष्ट्रिय संगठनसँग मिलेर विश्व परिस्थितिकीय प्रशासनलाई बढाउने इच्छा लिएको पनि सीले बताउनुभयो।