सीद्वारा भण्डारीसँग टेलिफोन वार्ता
2021-05-26 20:36:43cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले २६ तारिख नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोन वार्ता गर्नुभएको छ।

सी चिनफिङले महामारी फैलिएयता चीन र नेपालले आपसलाई महामारी नियन्त्रण कार्यको समर्थन र सहयोग गरेको भन्दै चीनले नेपाललाई अरू महामारी नियन्त्रणसम्बन्धी समर्थन गर्ने बताउनुभयो। साथै नेपाली जनताले महामारी विरूद्धको लडाइँमा अवश्य नै सफलता पाउने विश्वास चीनले लिएको पनि उहाँले बताउनुभयो। सीले चीनले चीन-नेपाल सम्बन्धमा उच्च ध्यान दिनुका साथै नेपालसँग चीनको विकास मौका शेयर गरी बेल्ट एन्ड रोडको संयुक्त रचना गर्ने र दुई देशबीच विकास तथा समृद्धि उन्मुख युगौँयुग मैत्रीपूर्ण रणनीतिक सहयोग साझेदारी सम्बन्धलाई अरू उकास्ने इच्छा लिएको उल्लेख गर्नुभयो।

भण्डारीले चीनसँगको सम्बन्धमा नेपालले उच्च ध्यान दिनुका साथै एक चीनको नीतिमा अडिग रहेको व्यक्त गर्नुभयो। उहाँले नेपालको महामारी नियन्त्रणमा चीनले गरेको समर्थन र सहयोगप्रति नेपालले आभार ज्ञापन गरेको भन्दै चीनसँग राष्ट्राध्यक्ष सीको नेपाल भ्रमणको महत्वपूर्ण उपलब्धिलाई व्यवहारमा उतार्ने इच्छा आफूले लिएको बताउनुभयो।