सीद्वारा विश्व मार्क्सवादी राजनीतिक दलहरूको सम्मेलनलाई शुभकामना
2021-05-28 09:58:14CRI
Share with:

मे २७ तारिख चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवं चीनका राष्ट्राध्यक्ष सी चिन फिङले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागद्वारा आयोजना गरिएको विश्व मार्क्सवादी राजनीतिक दलहरू सम्मेलनलाई शुभकामना सन्देश दिनुभएको छ।

सी चिन फिङले चालु वर्ष चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको शतवार्षिकोत्सव रहेको भन्दै चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको पहिलो दिनदेखि मार्क्सवादलाई मार्गनिर्देशन सिद्धान्तको रुपमा राखेको, मार्क्सवाद २१ शताब्दीको चीनमा नयाँ जीवन्त शक्ति देखिएको, चीनको विशेषतायुक्त समाजवाद नयाँ युगमा प्रवेश भएको र चिनियाँ राष्ट्रले राष्ट्रिय पुनःजागरणको नयाँ प्रक्रिया शुरु गरेको बताउनुभयो।

सीले चिनियाँ कम्युनिष्ट पार्टीले विभिन्न मुलुकका मार्क्सवादी राजनीतिक दलहरूसँग मिलेर मानव प्रगति कार्यलाई संयुक्त रुपमा अगाडि बढाउने र मानव भाग्य समुदायको सिर्जना गर्ने आशा लिएको कुरामा जोड दिनुभयो।