अमेरिकाले कोरोना भाइरसको स्रोतको अन्तर्राष्ट्रिय छानबीन स्वीकार्न सक्छ?
2021-05-28 17:47:45cri
Share with:

अमेरिकाले कोरोना भाइरसको स्रोतको अन्तर्राष्ट्रिय छानबीन स्वीकार्न सक्छ?_fororder_IMG_5148(20210528-174606).JPG

अमेरिकी राष्ट्रपति जो बाइडेनले २६ तारिख गुप्तचर विभागलाई नयाँ कोरोनाभाइरसको स्रोतको बारेमा छानबीन गर्ने आदेश दिनुभएको छ। उहाँका अनुसार अमेरिकाले साझेदारहरूसँग सहयोग गर्दै चीनलाई अन्तर्राष्ट्रिय छानबीनमा भाग लिन ताकिता गर्ने छ।

भाइरसको स्रोत वैज्ञानिक समस्या हो भने किन खुफिया कर्मचारीहरूद्वारा छानबीन गर्ने? भाइरस स्रोत सम्बन्धी चीनको भाग पुगिसक्यो भने फेरि किन चीनलाई ताकिता गर्ने? वर्तमान अमेरिकी सरकारले महामारीलाई राजनीतिकरणको कुचेष्टा लिएको स्पष्ट देखिन्छ।

सबैलाई थाहा छ: विश्व स्वास्थ्य संगठनले गत मार्चमा चीन र विश्व स्वास्थ्य संगठनबीच नयाँ कोरोना भाइरस स्रोत संयुक्त अनुसन्धान प्रतिवेदनका अनुसार नयाँ कोरोना भाइरस प्रयोगशालाबाट मानिसमा सर्ने सम्भावना एकदमै कम छ। अमेरिकी सरकारले हाल किन उक्त समस्यालाई फेरि अतिरञ्जित गरेको छ?

अमेरिकाले कोरोना भाइरसको स्रोतको अन्तर्राष्ट्रिय छानबीन स्वीकार्न सक्छ?_fororder_IMG_5147(20210528-174600).JPG

एकातिर केही राजनीतिज्ञहरुले नयाँ कोरोना भाइरस खोप ठूलो परिमाणमा लगाउनुको साथै महामारीको रोकथाम तथा नियन्त्रण काम अन्तिम चरणमा पुग्ने गलत धारणा लिइरहेका छन्। उत्तरदायित्व संकटको सामना गर्ने चिन्ता लिएका ती राजनीतिज्ञहरुले तथाकथित प्रयोगशालाबाट निस्किएको भाइरस भन्ने धारणालाई अतिरञ्जित गर्दै जिम्मेवारीबाट भाग्ने विचार हुनसक्छ। अर्कातिर अमेरिकी सरकारले चीनलाई “सबैभन्दा ठूलो प्रतिस्पर्धी”को रुपमा मान्दै आएको छ। हाल अमेरिकाका दुई पार्टीबीचमा कसले चीनमाथि अझ कडा नीति लागू गर्ने भन्नेबाट नै अझ बढी भोट पाउन सकिन्छ।  

भाइरस स्रोतको खोजी विज्ञानमा आधारित हुनुपर्छ। कसैले उक्त सिद्धान्त उल्लङ्घन गरेमा सजाय पाउनुपर्छ। यो भावार्थ बितेका एक वर्षभन्दा बढी समयमा वास्तविकताबाट प्रमाणित भएको हो। अमेरिकी राजनीतिज्ञहरुले उक्त गल्तीलाई फेरि दोहोर्‍याउँछन् कि? वा समय छँदै वास्तविक गतिविधि गर्छन्? अमेरिकाले कहिले चीन जस्तै विश्व स्वास्थ्य संगठनसमक्ष भाइरस स्रोत छानबीनको निमन्त्रणा पठाउनसक्छ?