विज्ञान समितिको अधिवेशनलाई सीद्वारा महत्वपूर्ण सम्बोधन
2021-05-28 19:36:02cri
Share with:

चीनको विज्ञान प्रतिष्ठान र चीनको इन्जिनियरिङ प्रतिष्ठानको अधिवेशन तथा चीनको विज्ञान समितिको दशौँ राष्ट्रिय प्रतिनिधिसभा मे २८ तारिख पैचिङमा आयोजना भएको छ।

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले महत्वपूर्ण सम्बोधन गर्दै विज्ञान तथा प्रविधिको आत्मनिर्भरलाई राष्ट्रिय विकासको रणनीतिक समर्थनको रूपमा राखेर उच्च गुणस्तरीय विकासलाई बढाउनुपर्ने दोहोर्याउनुभयो।

सीले विज्ञान तथा प्रविधि आधारित देशको विकास गर्ने, दक्षताबाट देशलाई बलियो बनाउने, नवीन सिर्जना गरी विकास गर्ने रणनीतिको गहिरो रूपमा पालना गर्नुपर्ने भन्दै वैज्ञानिक तथ प्राविधिक बलियो मुलुकको छिटो निर्माण गरी उच्चस्तरीय विज्ञान तथा प्रविधिको आत्मनिर्भरतालाई व्यवहारमा उतार्नुपर्ने कुरामा जोड दिनुभयो।