सिन्च्याङको थ्येन शान पहाडको दक्षिणी क्षेत्रमा नयाँ चित्र कोरिने
2021-05-28 15:22:09CRI
Share with:

सन् २०१४ मे २८ तारिखदेखि मे २९ तारिखसम्म सिन्च्याङ कार्यसम्बन्धी चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको दोस्रो बैठकको आयोजना भएको थियो। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिन फिङले उक्त बैठकलाई सम्बोधन गर्नुभएको थियो। चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनपछि यो चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले सिन्च्याङ कार्यबारे आयोजना गरेको सर्वोच्च स्तरको बैठक थियो।

विगत सात वर्षयता सिन्च्याकङको थ्येन शान पहाडको दक्षिणी क्षेत्रमाथि महासचिव सीले ध्यान दिनुभएको छ। सीले सर्वसाधारणको जीवनबमोजिम उच्च गुणस्तरको विकासलाई अगाडि बढाउनुपर्ने, सर्वसाधारणलाई रोजगारी दिने र पैसा कमाउन प्रत्याभूति गर्नुपर्ने कुरामा जोड दिनुभएको छ। महासचिव सीको नेतृत्वमा सिन्च्याङको थ्येन शानको दक्षिणी क्षेत्रको सर्वसाधारणको जीवन विकास भएको छ। २६ लाख गरिब जनसंख्या सम्पूर्ण रुपमा गरिबीबाट मुक्त भएका छन्।