सीद्वारा वैज्ञानिक तथा प्राविधिक नवीन सिर्जनालाई राष्ट्रिय विकासको केन्द्रमा
2021-05-29 16:34:00cri
Share with:

चीनको विज्ञान प्रतिष्ठान तथा चीनको इन्जिनियरिङ प्रतिष्ठानको अधिवेशन तथा चीनको विज्ञान समितिको दशौँ राष्ट्रिय प्रतिनिधिसभा मे २८ तारिख पैचिङमा आयोजना भएको छ।

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले महत्वपूर्ण सम्बोधन गर्दै विज्ञान तथा प्रविधिको आत्मनिर्भरतालाई राष्ट्रिय विकासको रणनैतिक समर्थनको रूपमा राखेर उच्च गुणस्तरीय विकासलाई बढाउनुपर्ने दोहोर्याउनुभयो। सीले विज्ञान तथा प्रविधि आधारित देशको विकास गर्ने, दक्षताबाट देशलाई बलियो बनाउने, नवीन सिर्जना गरी विकास गर्ने रणनीतिको गहिरो रूपमा पालना गर्नुपर्ने भन्दै वैज्ञानिक तथ प्राविधिक बलियो मुलुकको निर्माण गरी उच्चस्तरीय विज्ञान तथा प्रविधिको आत्मनिर्भरतालाई व्यवहारमा उतार्नुपर्ने कुरामा जोड दिनुभयो।

सी चिनफिङले वैज्ञानिक तथा प्राविधिक नवीन सिर्जनालाई राष्ट्रिय विकासको केन्द्रमा राखिरहनुभएको छ। उहाँले चीनको वैज्ञानिक तथा प्राविधिक सम्मेलनमा धेरै पटक सहभागी हुनुभएको छ र महत्वपूर्ण भाषण गर्नुभएको छ। सन् २०१४को जुन ९ तारिख आयोजित चीनको विज्ञान प्रतिष्ठान र चीनको इन्जिनियरिङ प्रतिष्ठानको अधिवेशनमा सी चिनफिङले अरूको प्रविधि आधारित आफ्नो विकास गरिरहनुहुँदैन भन्ने कुरा दोहोर्याउनुभएको थियो। सन् २०१८को मे २८ तारिखमा आयोजित चीनको विज्ञान प्रतिष्ठान र चीनको इन्जिनियरिङ प्रतिष्ठानको अधिवेशनमा सी चिनफिङले केन्द्रित प्रविधि अरूबाट पाउन वा किन्न पाएन भन्ने कुरा अभ्यासले हामीलाई प्रमाणित गरिरहेको भन्दै झक्झक्याउनुभएको थियो।