दुईवटा प्रतिष्ठान सदस्यको अधिवेशनलाई सीद्वारा महत्वपूर्ण सम्बोधन
2021-05-29 19:58:43cri
Share with:

चीनको विज्ञान प्रतिष्ठान र चीनको इन्जिनियरिङ प्रतिष्ठानको अधिवेशन तथा चीनको विज्ञान समितिको दशौँ राष्ट्रिय प्रतिनिधिसभा मे २८ तारिख पैचिङमा आयोजना भएको छ।

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले महत्वपूर्ण सम्बोधन गर्दै विज्ञान तथा प्रविधिको आत्मनिर्भरतालाई राष्ट्रिय विकासको रणनीतिक समर्थनको रूपमा राखेर उच्च गुणस्तरीय विकासलाई बढाउनुपर्ने दोहोर्याउनुभयो।

सीले विज्ञान तथा प्रविधि आधारित देशको विकास गर्ने, दक्षताबाट देशलाई बलियो बनाउने, नवीन सिर्जना मार्फत् रणनीतिको गहिरो रूपमा पालना गर्नुपर्ने भन्दै वैज्ञानिक तथ प्राविधिक बलियो मुलुक निर्माण गरी उच्चस्तरीय विज्ञान तथा प्रविधिको आत्मनिर्भरतालाई व्यवहारमा उतार्नुपर्ने कुरामा जोड दिनुभयो।

सी चिनफिङले यी दुई प्रतिष्ठानले ठूलो मूल वैज्ञानिक समस्याको समाधान गरी केन्द्रिय प्रविधिको विकास गरेर उच्च गुणस्तरीय दक्षता र नवीन सिर्जना दलको विकास गर्नुपर्ने दोहोर्याउनुभयो। उहाँले दुई प्रतिष्ठानको राष्ट्रिय थिङ्क थ्याङ्कको कार्यलाई गहन पार्नुपर्ने भन्दै दुई प्रतिष्ठान सदस्य राष्ट्रिय सम्पत्ति, जनताको गौरव, राष्ट्रको महिमा हो भन्ने कुरा बताउनुभयो। दुई प्रतिष्ठानका सदस्यहरूले मातृभूमिलाई माया गर्ने र जनसेवाको नमूना बनेर शैक्षिक नीतिशास्त्र र अनुसन्धान नीतिशास्त्रमा अडिग रहनसक्ने आशा आफूले लिएको सीले व्यक्त गर्नुभयो।