परम्परागत तीन तारे वाद्यवादक वाङ यु #चिनियाँकम्युनिष्टपार्टीकोसतवार्षिकी
2021-05-31 16:12:26cri
Share with:

परम्परागत तीन तारे वाद्यवादक वाङ यु #चिनियाँकम्युनिष्टपार्टीकोसतवार्षिकी_fororder_1

तीन तारे बाजा अर्थात सानस्यान चीनको परम्परागत वाद्य यन्त्र हो। त्यो चीनको परम्परागत ओपेराको मुख्य वाद्य यन्त्र पनि हो। आजको कार्यक्रममा यस किसिमको वाद्य यन्त्र बजाउने एक जना युवा वाद्यवादकको कथा तपाईँहरुलाई सुनाउँछु।

३३ वर्षीय वाङ यु पैचिङबासी हुन्। परिवारको प्रभावमा ११ वर्षको उमेरदेखि नै उनले परम्परागत तीन तारे बाजा बजाउन थालेका थिए। उनी भन्छन्,

म तीन तारे बाजा बजाउने एउटा परिवारमा हुर्केको छु। मेरा बाजे, मेरा बुवा र मेरा काकाले तीन तारे बाजा बजाउँछन्। मेरो घरको भित्तामा विभिन्न प्रकारका वाद्य यन्त्र झुण्डिएका छन्। त्यसैले सानै उमेरदेखि मैले तीन तारे बाजा बजाउन थालेको थिएँ।

हाल, वाङ यु चिनियाँ ब्रोडकास्टिङ जातिय बाजा समूहका तीन तारे युवा वाद्यवादक हुन्। तथापि उनको जस्तै उमेरका युवा-युवतीहरुले तीन तारे बाजाप्रति कम जानकारी लिएका छन्, र केहीलाई यस वाद्य यन्त्रको नाम पनि थाहा छैन, त्यस कारण उनलाई दु:ख लागेको छ। उनले अरु बढी मानिसले तीन तारे बाजाबारे जानकारी लिनसक्ने आशा राखेका छन्। उनी भन्छन्,

हाल म वाद्य दलसँग दैनिक प्रस्तुती गर्नुका साथै तालिम पनि दिन्छु। त्यस बाहेक, म आफै पनि अध्ययन गरिरहेको छु र यस सम्बन्धि पाठ्य-पुस्तक बनाउने तयारीमा छु। सन् २०२१ को जनवरी महिनामा मैले तीन तारे बाजाको तालिम सम्बन्धी एउटा भिडियो कार्यक्रम बनाएँ र भर्खरै इन्टरनेटमा हालेको छु। तीन तारे बाजाको प्रभाव बढाउन मैले यस्ता कामहरू गर्दैआएको छु।

विगत २ हजार वर्षदेखि हालसम्म तीन तारे बाजाले थिएटरमा सक्रियताका साथ भूमिका निर्वाह गरेको कुराबाट यस्तो परम्परागत वाद्य यन्त्रको ठूलो आकर्षण रहेको विचार वाङ युले गरेका छन्। उनी भन्छन्,

पुर्खाले यस्तो आकर्षक वाद्य यन्त्र हामीलाई हस्तान्तरण गरेका छन्। हामी जस्तै पुस्ताले त्यसको विकास गर्ने जिम्मेवारी वहन गर्नुपर्छ।

यस्तो प्राचीन बाजालाई युगसँगै अघि बढाउन वाङ युले बाजाको सुधार गरी धेरै किसिमको सामग्रीको छनौट गरी धेरै पटक परीक्षण गरेपछि सन् २०१८ मा पहिलो इलेक्ट्रोनिक तीन तारे बाजा बनाउन सफल भएका थिए। डिजिटल प्रविधिको प्रयोगपछि विविधतासँगै तीन तारे बाजाको धुन अझ बढी आकर्षक भएको देखिन्छ। उनी भन्छन्,

परम्पराको विंडो थाम्नु र विकास पनि सँगै गर्नुपर्ने मलाई लाग्छ। यसको प्रचार प्रसार पनि गर्दै जानुपर्छ।

वाङ युको संसार तीन तारे बाजाबाट बजाइएको सङ्गीत मात्र होइन इतिहाससँग नजिकिँदै जीवन्त शक्ति देखाइने चिनियाँ संस्कृति पनि हो।