राजनीतिक प्रहसन दोहोर्‍याउँदै अमेरिकीहरु
2021-05-31 19:49:22CRI
Share with:

राजनीतिक प्रहसन दोहोर्‍याउँदै अमेरिकीहरु_fororder_微信图片_20210531194735

भाइरस उत्पतिलाई लिएर हाल राजनीतिकरण गरिइरहेको छ। विश्व स्वास्थ्य संगठन आपतकालीन परियोजनाका कार्यकारी निर्देशक माइकल र्‍यानले पत्रकार सम्मेलनमा उक्त मूल्याङ्कन गर्दै अन्तर्राष्ट्रिय जगतको प्रतिनिधित्वमा केही अमेरिकी राजनीतिज्ञले कथित प्रयोगशालाबाट भाइरसको चुहावट फेरि उक्साउने गतिविधिको आलोचना गर्नुभएको छ।  

एक वर्षअघि त्यस्तो भनाइ चौतर्फी रूपमा खण्डन गरिएको थियो। त्यसबेला अमेरिकी राष्ट्रिय खुफिया निर्देशक कार्यालयले पनि वक्तव्य प्रकाशित गरेर व्यापक वैज्ञानिक सहमत अर्थात् नयाँ कोरोना भाइरस कृत्रिम निर्माण वा आनुवंशिक रूपमा परिमार्जित संश्लेषण नभएको कुरालाई समर्थन दिएको थियो। चीनको धेरैपटक नीरिक्षणपछि डब्लुएचओबाट मार्चमा प्रकाशित प्रतिवेदनकाले प्रयोगशालाबाट नयाँ कोरोना भाइरस फैलाउने विल्कुल असम्भव निश्चित गरेको छ।

राजनीतिक प्रहसन दोहोर्‍याउँदै अमेरिकीहरु_fororder_微信图片_20210531194739

तर वाहियात कुरा के हो भने अमेरिकी राजनीतिज्ञ र मिडियाले चीनमाथि हिलो छ्याप्नका लागि विज्ञानविरोधी उपायको प्रयोग गरेका छन्। उनीहरूले खुफिया विभागसँग भाइरस उत्पति सर्वेक्षण गर्न अनुरोध गर्नुका साथै ९० दिनको समय पनि निश्चित गरेका छन्। खुफिया अधिकारीसँग वैज्ञानिक अनुसन्धानको क्षमता हुन्छ र?

यदि विश्वमा चीनको प्रतिष्ठामाथि क्षति पुर्‍याउने उपाय छ भने अमेरिका सरकारले सक्दो प्रयासमा गर्नेछ। अमेरिकी जर्जटाउन विश्वविद्यालयका प्राध्यापक कावानाले अन्तर्वार्ता दिँदै भन्नुभयो।

राजनीतिक प्रहसन दोहोर्‍याउँदै अमेरिकीहरु_fororder_微信图片_20210531194742

नेचर पत्रिकामा प्रकाशित लेखका अनुसार, वैज्ञानिक अनुसन्धानकर्ताले  प्रयोगशालाबाट भाइरसको चुहावट अफवाहको कडा चेतावनी दिएका छन्। जारी रहेको ७४ औँ विश्व स्वास्थ्य बैठकमा विविध देशका प्रतिनिधिहरूले सम्बोधन गर्दै चीनले प्रारम्भिक नयाँ कोरोना भइरसको जीन अनुक्रम बाँड्नुका साथै खोप लगाउन पनि बढाएर विश्वको महामारी विरूद्ध कार्यमा ठूलो समर्थन दिएको कुरा व्यक्त गरेका छन्।

यो वैज्ञानिक निश्कर्ष र अन्तर्राष्ट्रिय मतैक्य हो। अमेरिकी राजनीतिज्ञले प्रयोगशालाबाट भाइरसको चुहावट अफवाह दोहोर्‍याउने कार्य निर्लज्जतापूर्ण राजनीतिक प्रहसन मात्र हो।