#अल्पसंख्यक जाति# म्याउ कढ़ाई गैरभौतिक सांस्कृतिक सम्पदाको उतराधिकारी वु स्यौयिङको कथा
2021-06-01 15:29:13cri
Share with:

#अल्पसंख्यक जाति# म्याउ कढ़ाई गैरभौतिक सांस्कृतिक सम्पदाको उतराधिकारी वु स्यौयिङको कथा_fororder___172.100.100.3_temp_9500027_1_9500027_1_1_d65184b4-282f-4a34-9e18-778f5476f87a.JPG

 

 

वु स्यौयिङ  चिनियाँ क्वी चौ प्रान्तीय छ्यानतुङनान प्रिफेक्चर स्तरीय म्याउ कढ़ाई गैरभौतिक सांस्कृतिक सम्पदाको उतराधिकारी हुनुहुन्छ। उहाँले म्याउ कढ़ाई प्रविधिको प्रचारण तथा उतराधिकार बन्ने प्रयास गर्दैआउनुभएको छ। सरकारी गरिबी निवारण नीतिको आधारमा उहाँले म्याउ कढ़ाई सहकारीको स्थापना गरेर स्थानीय महिलालाई गरिबी उन्मुलन गर्न सहयोग गर्नुभएको छ। आजको अल्पसंख्यक जातीय कार्यक्रममा वु स्यौयिङको कथा सुनाउँछु।

वु स्यौयिङको जन्मथलो खाइलि शहरीय वान श्वी गाउँमा अधिकांश बासिन्दा म्याउ जातीय हुन्। म्याउ जातिको कपडा संस्कृतिसँग जातीय इतिहास भएका हुनाले पहिरन इतिहास मानिएको छ। वु स्यौयिङले बाल्यकालदेखि म्याउ कढाईका विविध प्रविधि सिक्नुभयो। क्षेत्रीय तथा राष्ट्रिय शिल्प प्रतियोगिता र प्रदर्शनीमा उहाँको उत्पादनहरू धेरै पुरस्कार पाएका छन्। सन् २०१५ उहाँ  छ्यानतुङनान प्रिफेक्चर स्तरीय म्याउ कढ़ाई गैरभौतिक सांस्कृतिक सम्पदाको उतराधिकारी नियुक्त  हुनुभयो।

बाहिर काम गर्नजाने युवाहरू बढिरहेको अवस्थामा म्याउ कढ़ाईको प्रविधि  हराउने खतरा देखेपछि गत शताब्दीको ८०औँ दशकदेखि वु स्यौयिङले गाउँमा निशुल्क म्याउ कढाई पाठ्यक्रम सुरू गरेर वरिपरि गाउँहरूका महिलाहका लागि तालिम दिनुका साथै स्थानीय सरकारद्वारा आयोजित म्याउ कढाईको उतराधिकार कार्यक्रममा भाग लिनुभयो। तर म्याउ कढाई प्रविधिले मानिसलाई आर्थिक आम्दानी दिन नसकेकाले राम्ररी उतराधिकार गर्न गाह्रो थियो।

म्याउ जातीय युवती विवाह गर्दा महिला पौढ व्यक्तिका हातेबाट कढ़ाई गरिएको लुगा र सदर चाँदी गहना लगाउनुपर्छ। त्यसैले हरेक म्याउ जातीय महिला कढ़ाई प्रविधि सिक्नुपर्छ। त्यसै गरी म्याउ कढ़ाई उत्पादनलाई पहाडी क्षेत्रबाट विश्वसम्म फैलाउनका लागि सन् २०१५ देखि खाइली शहरले म्याउ कढ़ाईको गरिबी उन्मुलन योजना बनाएर विविध प्रदर्शनी र प्रचार कार्यक्रमबाट बजार खुलेको छ।

सोही वर्ष वु स्यौयिङले फूलै चिनस्यौफाङ नामक कढ़ाई पसलको स्थापना गर्नुभयो। सरकारको समर्थनमा उहाँले कढ़ाई गर्ने महिलाहरूको नेतृत्व गरेर विविध प्रदर्शनी र मेलामा उत्पादन गर्नुभएको छ। कढ़ाई गर्ने महिलाहरूले वास्तविक आय पाउनुका साथै बाहिर काम गरेका अरू अझ बढी महिलालाई प्रोत्साहन पनि गरिएको छ। त्यसबाहेक उहाँले आफ्नो पसलमा कढ़ाईसम्बन्धी परम्परागत उपकरणको प्रदर्शन गरेर गैरभौतिक संस्कृतिलाई कृषि पर्यटनको अनुभवसँग मिल्न गएको छ। जसबाट पर्यटकहरूले म्याउ कढ़ाई उत्पादन पाउनुका साथै कढ़ाईको उत्पादन क्रम पनि बझ्नसक्छन् र जसबाट म्याउ जातीय संस्कृतिको प्रचार पनि गर्नसकिन्छ।

हाल पसलमा कढ़ाई गर्ने २६ जना महिलाहरूमध्ये केही जना खाइ ली शहरीय म्याउ कढ़ाईसम्बन्धी गैरभौतिक सांस्कृतिक सम्पदाका उतराधिकारी नियुक्त भएका छन्। उनीहरूले नियमित रूपमा तामिल लिएका छन्। हरेक जना मासिक आम्दानी करिब दुई हजार युआन भएको छ। केही व्यक्तिले शहरमा भवन र गाडी किनेका छन्।

यी कढ़ाई गर्ने महिलाहरूले आफ्नो सहकारीको सञ्चालना गरेर म्याउ कढ़ाई संस्कृतिको अझ प्रसार गर्नुका साथै अझ सुन्दर भविष्यको सिर्जना गर्ने आशा वु स्यौयिङले बताउनुभएको छ।