अन्तर्राष्ट्रिय सञ्चार प्रवर्द्धन गर्दै वास्तविक र ३ आयामिक चीनलाई देखाउनुपर्नेः सी चिनफिङ
2021-06-01 18:49:05CRI
Share with:

मे ३१ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोमा चीनको अन्तर्राष्ट्रिय सञ्चार क्षमताको निर्माण सम्बन्धी ३० औँ सामूहिक अध्ययन आयोजित भएको छ। सो अवधिमा पार्टीका महासचिव सी चिनफिङले चिनियाँ कथालाई राम्रोसँग सुनाउने र चिनियाँ आवाजलाई राम्रोसँग प्रचारप्रसार कुरामा गर्ने जोड दिँदै वास्तविक तथा ३ आयामिक चीनलाई देखाउनुपर्ने आग्रह गर्नुभएको छ। नयाँ परिस्थितिमा चीनको अन्तर्राष्ट्रि सञ्चार क्षमताको निर्माणलाई बढाउँदै चीनको मिलिजुली शक्ति र अन्तर्राष्ट्रिय स्थानसँग मेल खाने बोल्ने अधिकार पाउनुपर्ने ठहर पनि व्यक्त गर्नुभएको छ। चीनको सुधार तथा स्थिर विकासका लागि मैत्री बाह्य सञ्चार वातावरणको सिर्जना गर्दै मानवजातिको साझा भाग्य समुदायको निर्माण गर्न सक्रिय योगदान दिँदै जाने आशा पनि उहाँले गर्नुभएको छ।

सो अवसरमा फुतान विश्वविद्यालयका प्राध्यापक चाङ वीवीले यसै विषयबारे ब्याख्या गर्दै राय सुझाव पनि दिनु भएको छ।