राष्ट्राध्यक्ष सी चिनफिङद्वारा सिरियाका नव निर्वाचित राष्ट्रपति बाशारलाई बधाई सन्देश #चिनियाँराष्ट्राध्यक्ष
2021-06-01 10:45:24cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मे ३१ तारिख राष्ट्रपति बाशार अल असादलाई बधाई सन्देश पठाउँदै उहाँ निरन्तर रूपमा सिरिया ( सिरियाली अरब गणतन्त्र) को राष्ट्रपति पदमा निर्वाचन हुनुभएकोमा शुभकामना व्यक्त गर्नुभएको छ।

 

आफ्नो सन्देशमा राष्ट्राध्यक्ष सीले चीन सिरिया सम्बन्धको विकासमा उच्च महत्व दिनुका साथै राष्ट्रपति बाशारसँग मिलेर दुई देशबीचको सम्बन्धमा अझ ठूलो उपलब्धि प्राप्त गर्दै जान आफू इच्छुक रहेको औंल्याउनुभएको छ।

 

चालु वर्ष दुई देश बीच दौत्य सम्बन्ध स्थापनाको ६५ औं वार्षिकोत्सव हो। यस अवसरमा चीनले दृढताका साथ देशको सार्वभौमिकता, स्वतन्त्रता र भुभागको अक्षुण्णताको संरक्षण गर्न सिरियालाई समर्थन गर्नुका साथै नयाँ कोरोना भाइरस महामारीको प्रतिरोध, आर्थिक पुनरूत्थान र जनजीवनको सुधारका लागि सिरियालाई सक्दो ठूलो सहायता दिँदै जाने पनि राष्ट्राध्यक्ष सीले आफ्नो सन्देशमा व्यक्त गर्नुभएको छ।