अमेरिकाले भाइरस उत्पति सर्वेक्षणमा सक्रिय समन्वय गर्नुपर्छ
2021-06-01 20:42:09cri
Share with:

अमेरिकाले भाइरस उत्पति सर्वेक्षणमा सक्रिय समन्वय गर्नुपर्छ_fororder_照镜子1

७४ औँ विश्व स्वास्थ्य सम्मेलन जुन १ तारिख पूरा भएको छ। सो अवसरमा केही अमेरिकी राजनीतिज्ञहरूले चीनमाथि फेरि हिलो छ्याप्नका लागि नयाँ कोरोना भाइरस उत्पति सर्वेक्षण मामिलालाई उक्साउनुका साथै चीनसँग अन्तर्राष्ट्रिय छानबिनमा समन्वय दिन अनुरोध गरेका छन्।

अरूलाई सच्याउनुअघि आफूलाई सच्चिनुपर्छ। हाल डब्लुएचओको नेतृत्वमा रहेको भाइरस उत्पति सर्वेक्षण अनुसन्धानमा चिनियाँ भाग पूरा भइसक्यो। जनवरी १४ देखि फेब्रुअरी १० सम्म डब्लुएचओबाट छानिएका १७ जना अन्तर्राष्ट्रिय विशेषज्ञहरू र चिनियाँ विशेषज्ञहरूले वुहानको निरीक्षण गरेका थिए। सार्वजनिक, स्पष्ट र पूर्ण निरीक्षणको आधारमा संयुक्त सर्वेक्षण मण्डलले मार्चमा प्रतिवेदन प्रकाशित गरेर प्रयोगशालाबाट नयाँ कोरोना भाइरस फैलाउने विल्कुल असम्भव निश्चित गरेको छ।

अर्कातिर अमेरिकाका केही व्यक्तिले चीनमाथि हिलो छ्याप्नुका साथै  सर्वेक्षणसम्बन्धी उचित अनुरोधप्रति मौन रहेका छन्। किन? बेलायती राजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध विश्लेषक टोम फोडेद्वारा प्रकाशित लेखले जवाफ दिएको छ। सन् १९४२ मा तत्कालीन अमेरिकी राष्ट्रपति रुजवेल्टको आदेशमा अमेरिकाले जैविक युद्ध योजना सुरू गरेको थियो। महामारी फैलिएपछि एक वर्षमा अमेरिकाले अझै पनि प्रयोगशालाबाट भाइरसको चुहावट धारणा उक्साइरहेको छ। जैविक युद्धमा अमेरिकाले धेरै लगानी र प्रयोग गरेको आधारमा यस्तो धारणा राखेको हुनसक्छ भन्ने विषय उक्त लेखमा जनाइएको छ।

अमेरिकाले भाइरस उत्पति सर्वेक्षणमा सक्रिय समन्वय गर्नुपर्छ_fororder_照镜子2

उदाहरणका लागि सीआईएको गोप्य रासायनिक र दिमाग नियन्त्रण प्रयोग आधार" मानिएको फोर्ट डेट्रिक बायोल्याब सन् २०१९ जुलाईमा बन्द भयो। त्यसपछि जसबाट नजिकै भर्जिनियास्थित एउटा क्षेत्रमा ई-सिगरेट रोग भएको थियो। रोगीहरूको लक्षण कोभिड-१९ रोगीसँग दुरुस्तै छ। साथै विश्वव्यापी रूपमा स्थापित २०० भन्दा बढी जीव विज्ञान प्रयोगशालाको प्रकार्य, प्रयोग र सुरक्षा सूचकाङ्कबारे अमेरिकाले कुनै पनि जानकारी दिएको छैन। त्यसमध्ये केही प्रयोगशालास्थित क्षेत्रमा खतरा संक्रमित रोग फैलिएको थियो। त्यसबाहेक अमेरिकामा बिरामी शून्य अर्थात् पहिलो बिरामी कहिले भएको विषय हालसम्म पनि स्पष्ट छैन।

यस्तो अवस्थामा केही अमेरिकीहरूलाई आलोचना खेल रोकेर चीनजस्तै भाइरस उत्पति सर्वेक्षणमा डब्लुएचओका विशेषज्ञ निमन्त्रणा गर्ने सुझाव दिएका छौँ।