जासुसी कार्य बढाएर अन्तर्राष्ट्रिय विश्वसनीयता गुमाउँदै अमेरिका
2021-06-01 18:47:36CRI
Share with:

जासुसी कार्य बढाएर अन्तर्राष्ट्रिय विश्वसनीयता गुमाउँदै अमेरिका_fororder_untitled

डेनमार्क ब्रोडकास्ट्रिङ कर्पोरेशनले जनाए अनुसार, अमेरिकी राष्ट्रिय सुरक्षा ब्युरोले (एनएसए) डेनमार्कको रक्षा तथा जासुसी ब्युरोको प्रयोग गर्दै जर्मनीका चान्सेलर अन्गेला मर्केल लगायत डेनमार्कका छिमेकी मुलुकका सरकारी उच्च पदाधिकारीहरूको निगरानी गरिरहेको छ।

युरोपेली पदाधिकारीहरू अमेरिकाबाट लुकाएर राखेको माइकमार्फत् सुनिएको अवस्था पहिलेदेखि सुरू भएको हो। सन् २०१३ पूर्व अमेरिकी ठेकेदारका कर्मचारी एडवर्ड स्नोडेनले अमेरिका सरकारले फोन तथा इन्टरनेट सञ्चारमाथि व्यापक रूपमा लुकेर सुन्ने अवस्था सार्वजनिक  गर्नुभएको थियो। त्यसमध्ये जर्मनीका चान्सेलर अन्गेला मर्केलको मोबाइल फोनको दश वर्षभन्दा बढी समयसम्म जासुसी ट्यापिङमा परेको छ। पछिल्लो घटनाले युरोपप्रति अमेरिकाको जासुसी गतिविधि स्थगित नभएको पुष्टि गरेको छ।

जासुसी कार्य बढाएर अन्तर्राष्ट्रिय विश्वसनीयता गुमाउँदै अमेरिका_fororder_untitledff

हाल जर्मनी, फ्रान्स, नर्वे र स्विडेन आदि युरोपेली देशहरूले अमेरिकाको आलोचना गरे तापनि अहिलेसम्म तिनीहरूको "घनिष्ठ सहयोगी" अमेरिका अझै चुप रहेको छ।

अमेरिका प्रथम अमेरिकी राजनीतिज्ञको एउटा मात्रै सिद्धान्त हो भन्ने विचार युरोपेलीहरूले विचार गर्नुपर्छ। साथै सार्वजनिक सूचना पूरै अवस्थाको सानो विभाग भएको मनोवैज्ञानिक अपेक्षा पनि युरोपेलीहरूले गर्नुपर्छ। यूरोपले युरोप र अमेरिकाको घनिष्ट सम्बन्धको सपनाबाट मुक्त हुनुपर्छ।