सी चिनफिङको बाल्यकालका कथा
2021-06-02 19:16:12cri
Share with:

सी चिनफिङको बाल्यकालका कथा_fororder_1

सी चिनफिङले बाल्यकाल सरल तरिकाले बिताउनुभयो। सन् २००३ मा अन्तर्वार्ता दिँदै उहाँले भन्नुभयो-हामीले लगाएका लुगा धेरैपटक मर्मत हुनुका साथै दाजु-दिदीको लुगा लगाउनुपर्थ्यो। सी चिनफिङका चारजना दिदी र दुईजना दाजु छन्। त्यसैले उहाँ दिदीको लुगा लगाउनु हुन्थ्यो। उहाँका अनुसार, केटीको लुगा मन पर्दैनथ्यो तर लगाउनुपर्थ्यो।

सी चिनफिङको बाल्यकालका कथा_fororder_2

सन् २०१४ मे ३० तारिख सी चिनफिङ पैचिङस्थित एउटा स्कुलको भ्रमणमा जानुभयो। उहाँले विद्यार्थीहरूसँग युवा अग्रगामीहरूमा प्राप्त अनुभव बाँड्नुभयो -म सन् १९५९ मा स्कुलमा भर्ना भएँ तर उमेर कम भएका हुनाले त्यो वर्ष युवा अग्रगामीमा सहभागी हुन पाइँन र सन् १९६० मा भाग लिएँ। पहिलो समूहमा सहभागी हुन नपाउँदा दुःख लाग्यो र म रोएँ।

सी चिनफिङको बाल्यकालका कथा_fororder_4

सन् २०१६ सेप्टेम्बर ९ तारिख सी चिनफिङ आफूले पढेको माध्यमिक विद्यालयमा फेरि जानुभयो। सो समयमा फुटबल खेल्ने विद्यार्थीहरुसँग उहाँले खेलकुदको महत्वपूर्ण भूमिका बारेमा जोड दिनुभयो।

सी चिनफिङको बाल्यकालका कथा_fororder_5

सन् २०१७ फेब्रुअरी २४ तारिख सी चिनफिङ पैचिङस्थित वुखसोङ खेलकुद केन्द्रको भ्रमण गर्दै बाल्यकालमा चिप्लेटी खेलेको अनुभव बाँड्नुभयो।