लो याङमा कागज महंगो भएको सम्बन्धी कथा-1
2021-06-02 15:04:04cri
Share with:

लो याङमा कागज महंगो भएको सम्बन्धी कथा-1_fororder_01

छापाखानाको त्यति विकास भैनसकेको प्राचीनकालीन समाजमा हातैले कविता र निबन्ध लेखेर एक-अर्कालाई हस्तान्तरण गर्ने चलन थियो। चीनको इतिहासमा चो स नामका एकजना साहित्यकार थिए। उनले एउटा निकै राम्रो विषयमा कविता रचेका कारण खानदानी परीवारका मानिस र धनी मानिसहरुले तँछाड-मछाड गर्दै यस रचनालाई आफूसँग राख्न चाहेकाले धेरै कागजको आवश्यकता भै बजारमा कागज महंगो भएको थियो।

त्यस कथाको मुख्य पात्रको नाम चो स थियो। सन् 250 मा उनको जन्म भएको थियो र उनी चिन् वंशका प्रसिद्ध साहित्यकार थिए। कुरुप अनुहारका चो स सानो उमेरमा त्यति बुद्धिमान थिएनन। उनले चिनियाँ लिपी लेख्न र बाजा बजाउन सिकेका थिए। तैपनि यसमा खासै सफलता हासिल गर्नसकेका थिएनन् । पछि गएर उनका पिताको प्रेरणमा उनले मेहनत साथ लेखपढ गर्नथाले र उनको क्षमतामा राम्रो विकास भयो।