भाइरस उत्पत्तिको अनुसन्धानलाई राजनीतिकरण गर्ने विज्ञान र जीवनको बेवास्ता
2021-06-02 18:42:42cri
Share with:

विज्ञान र जीवनको वेवास्ता गर्दै अमेरिकी राजनीतिज्ञहरू #कोभिड१९ #चीनअमेरिकासम्बन्ध_fororder_践踏科学1

हाल केही अमेरिकी राजनीतिज्ञले भाइरस उत्पति सर्वेक्षणमार्फत् चीनमाथि निरन्तर हिलो छ्याप्नुका साथै अमेरिकी जासुसी विभागलाई छानबिनको नेतृत्व गर्न आदेश दिएका छन्।

अलिकति सामान्य ज्ञान लिएका मान्छेलाई थाहा हुनुपर्ने हो कि भाइरस उत्पति सर्वेक्षण वैज्ञानिकले मात्र गर्न सक्छन्, नक्कली कार्य अमेरिकी जासुसी विभागमार्फत् हुने गरेको छ जसलाई कसैले विश्वास गर्दैनन्।

महामारी विरूद्धमा कमजोर जिम्मेवारी हस्तान्तरण र  चीनमाथि प्रहार गर्न अमेरिकी राजनीतिज्ञको राजनीतिक प्रहसनले विज्ञान र जीवनलाई वेवास्ता गरेको छ।

विज्ञान र जीवनको वेवास्ता गर्दै अमेरिकी राजनीतिज्ञहरू #कोभिड१९ #चीनअमेरिकासम्बन्ध_fororder_践踏科学2

वास्तवमा महामारी फैलिएदेखि एक वर्षमा अमेरिकी राजनीतिज्ञले आत्म-रुचि प्राथमिकतामा राख्ने र विज्ञानलाई अस्वीकार गरेकाले लगभग छ लाखजना अमेरिकीहरूको मृत्यु भयो। ती राजनीतिज्ञहरूले त्यसबाट कुनै पनि पाठ सिकेका छैनन् र भाइरस उत्पति सर्वेक्षणलाई निरन्तर राजनीतिकरण गरिरहेका छन्।

भाइरस उत्पति सर्वेक्षणलाई वैज्ञानिक र आधिकारिक बनाउका लागि अन्तर्राष्ट्रिय जगतले डब्लुएचओको नेतृत्वलाई समर्थन दिनुका साथै वैज्ञानिकहरूको अनुसन्धानलाई सहयोग गर्नुपर्छ। समान सिद्धान्तको आधारमा  विभिन्न देश र क्षेत्रमा भाइरस उत्पति सर्वेक्षण गर्नुपर्छ।

भाइरस उत्पति सर्वेक्षण वैज्ञानिक मामिला हो, आलोचनाको खेल होइन र अमेरिकी राजनीतिज्ञको आत्म-रुचिलाई पूरा गर्ने माध्यम पनि होइन।