#समाचार सन्दर्भ# राजनीतिक पदले विज्ञानको भाषालाई नियन्त्रण गर्नसक्दैन
2021-06-03 15:06:52CRI
Share with:

जुन १ तारिख ७४औँ विश्व स्वास्थ्य सभा सम्पन्न भएको छ। यो सभा अमेरिका विश्व स्वास्थ्य संगठनमा पुनःफर्केपछि संलग्न भएको पहिलो सभा हो। खुला र सहयोगको अडान लिएर आउनुपर्ने अमेरिकाले फेरि कोभिड-१९ भाइरस वुहान प्रयोगशालाबाट निस्किएको कुरालाई उठाएको छ। अमेरिका त अमेरिका नै हो। तर चीनको इन्टर्नेटमा एउटा लोकप्रिय वाक्य छ, नितम्बले टाउकोलाई नियन्त्रण गर्छ। यो भनेको कुनै मान्छेले आफ्नो फाइदायुक्त अडानलाई हेरेर दृश्यबाट मात्र निर्णय गर्छ तर अरूमा ध्यान दिँदैन। अमेरिकी राजनीतिज्ञ त्यस्तै मान्छे हो।

#समाचार सन्दर्भ# राजनीतिक पदले विज्ञानको भाषालाई नियन्त्रण गर्नसक्दैन_fororder_02

महामारी नियन्त्रणको असफलताको दोष चीनलाई

महामारी फैलिएपछि अमेरिकी राजनीतिज्ञहरूले राजनीतिक लक्ष्यको आधारमा विज्ञानविरूद्ध तथा तर्कसंगत खालका कदमहरू चालेका छन्। हाल आर्थिक तथा विज्ञानको आधारमा बलियो मुलुकको रूपमा रहेको अमेरिका विश्व महामारी अवस्थाको अग्रस्थानमा रहेको छ। हाल अमेरिकामा कोभिड-१९ संक्रमित संख्या ३.३ करोड नाघेको छ भने मृतकको संख्या लगभग ६ लाख पुगेको छ। जुन अंक विश्व कूल संख्याको क्रमशः २० प्रतिशत र १७ प्रतिशत पुगेको छ। असफल महामारी नियन्त्रणको तथ्य लुकाउन नपाउँदै उनीहरूले तत्काल रणनीति फेरेर भाइरस वुहान प्रयोगशालाबाट निस्किएको सिद्धान्त तयार गरेका छन् र आन्तरिक विरोधाभास र आफ्नो जिम्मेवारीबाट पन्छिँदै चीनलाई हस्तान्तरण गर्न खोजेका छन्।

चोरले अरूको ध्यान हटाउन चोर समात्न कराउने

भाइरसको स्रोतको सर्वेक्षण गर्नु भाइरससम्बन्धी वैज्ञानिक बुझाइ बढाउने र विश्व सार्वजनिक स्वास्थ्य प्रणाली र प्रशासन क्षमतालाई प्रबर्द्धन गर्ने महत्वपूर्ण विषय हो। त्यसैले चीनले सबैभन्दा पहिला विश्व स्वास्थ्य संगठनसँग संयुक्त अनुसन्धान गर्न थालेको छ। ३४ जना चिनियाँ तथा विदेशी वैज्ञानिकले २८ दिनसम्म गहिरो र चौतर्फी सर्वेक्षणबाट कोभिड-१९ भाइरस प्रयोगशालाबाट मानिससम्म संक्रमण नभएको र यो असंभव रहेको निश्कर्ष साउवजनिक गरेको थियो। साथै अन्तर्राष्ट्रिय विशेषज्ञले चीनको खुला, पारदर्शी, जिम्मेवार मनोवृत्तिको उच्च प्रशंसा गरेको छ। उदाहरणका लागि सर्वेक्षण टोलीले चाहेको ठाउँ पुग्न पाएको छ भने भेट्न खोजेका सबै मानिसलाई भेट्न पाएको छ। तर वैज्ञानिक तथा आधिकारिक निश्कर्षसमक्ष अमेरिकाले वेवास्ता गरेको छ किनभने त्यस्तो निश्कर्ष र अमेरिकी राजनीतिज्ञको चाहनासँग अनुकूल छैन।

#समाचार सन्दर्भ# राजनीतिक पदले विज्ञानको भाषालाई नियन्त्रण गर्नसक्दैन_fororder_01

सबैले थाहै होला, भाइरस स्रोतको सर्वेक्षणका लागि अमेरिकाले आफ्नो समस्यालाई कहिले उठाएको छैन। वास्तवमा सन् २०१९ को शरद ऋतु अर्थात् कोभिड-१९ महामारी फैलिएको केही महिनाअघि न्युयोर्क टाईम्सलगायत विभिन्न अमेरिकी मिडियाले कुख्यात फोर्ट डेट्रिक भयंकर संभावित खतराको कारण फेरि बन्द भएको रिपोर्ट गरेका थिए। फोर्ट डेट्रिकबाहेक विश्वभर २५ वटा मुलुक र क्षेत्रमा अमेरिकाले २०० भन्दा बढी प्रयोगशाला राखेको छ। विभिन्न रिपोर्टका अनुरार, ती प्रयोगशालाको लोकेशन र केही वर्षयता देखिएका रोग र भाइरस फैलिएको लोकेशन बराबर देखिन्छ। अमेरिकाले एकातिर अरू मुलुकमाथि सर्वेक्षण गर्न आग्रह गरिरहन्छ तर अर्कोतिर राष्ट्रिय सुरक्षाको निहुँमा आफ्नो प्रयोगशालाको अवस्था देखाउँदैन। त्यसैले शंका गर्न मिल्छ कि अमेरिकाले वुहान प्रयोगशालाबाट भाइरस निस्किएको सिद्धान्त उठाउने लक्ष्य त चोरले अरूको ध्यान हटाउन चोर समात्नलाई कराएको हो।

विकास अवरूद्ध भएकोले महामारीमार्फत चीनलाई नियन्त्रण

वर्तमान अमेरिकी नीतिका कारण शत्रु धेरै छन्, समस्या थुप्रै छन्, विकास पनि अवरूद्ध छ। तर चीनले बेल्ट एन्ड रोडलगायत नीतिको आधारमा खुला तथा उदार अडान लिएर विश्वसँग विकास गरेको छ र विश्वको प्रशंसा र समर्थन पाएको छ। जसबाट अमेरिकी राजनीतिज्ञलाई ईर्ष्या लागेको छ। उनीहरूको विचारमा महामारीले विश्व प्रभूत्वलाई कायम राख्ने सबैभन्दा लायक मौका प्रदान गरेको छ र भाइरसको स्रोत चीनमा राख्नु नै चीनको विकासमा अवरोध गर्ने सबैभन्दा सजिलो उपाय हो।

#समाचार सन्दर्भ# राजनीतिक पदले विज्ञानको भाषालाई नियन्त्रण गर्नसक्दैन_fororder_03

अमेरिकाले वुहान प्रयोगशालाबाट भाइरस निस्किएकोबारे उठाइरहेको वास्तविक कारण सबैलाई स्पष्ट थाहा होला। रूस टुडे टिभीको वेबसाइटले हाल लेख प्रकाशित गरी व्यंग्य गरेको छ कि पहिला इराकमा रासायनिक हतियार रहेको स्पष्ट प्रमाणसहितको आरोप लगाउने अमेरिकाले हाल चीनको प्रयोगशालाबाट भाइरस निस्किएको आरोप लगाउँदै स्पष्ट प्रमाण देखाएको छ। साथै विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय विज्ञान क्षेत्रले पनि अमेरिकाको यो राजनीतिक हस्तक्षेपको विरोध गरेका छन्। मे २८ तारिख विश्व स्वास्थ्य संगठनले भाइरस स्रोतको सर्वेक्षणलाई राजनीतिकरण नगर्न फेरि पनि आग्रह गर्दै अमेरिकी राजनीतिज्ञलाई कडा प्रहार गरेको छ। यसबाट सबैलाई विश्वास मिलेको छ कि अमेरिकी राजनीतिको बटले विज्ञानको टाउकोको नियन्त्रण गर्नसक्दैन।