सी चिनफिङद्वारा डोमिनिकनका राष्ट्रपतिसँग टेलिफोन वार्ता #चिनियाँराष्ट्राध्यक्ष
2021-06-03 10:56:35cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुन २ तारिख राति गणतन्त्र डोमिनिकनका राष्ट्रपति लुइज आबिनादरसँग टेलिफोन वार्ता गर्नुभएको छ।

 

त्यस क्रममा राष्ट्राध्यक्ष सीले चीन र डोमिनिकनबीच दौत्य सम्बन्ध कायम भएयता डोमिनिकनले एक चीन नीतिलाई दृढताका साथ समर्थन गर्दैआउनुका साथै चीनसँगको सम्बन्धलाई आफ्नो परराष्ट्र प्राथमिकतामा राख्दैआएकोले चीनले त्यसको उच्च सराहना गरेको औंल्याउनुभएको छ। साथै डोमिनिकनसँग मिलेर दुई देशको सम्बन्धलाई अझै विकसित पार्दै जान चीन इच्छुक रहेको पनि राष्ट्राध्यक्ष सीले बताउनुभएको छ।

 

प्रत्युत्तरमा राष्ट्रपति आबिनादरले चिनियाँ कम्युनिष्ट पार्टीको एक सयौँ वार्षिकोत्सवको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभयो। नयाँ कोरोना भाइरस महामारीको प्रतिरोध गर्ने क्रममा चीनले प्रदान गरेको चिकित्सा सामग्री र खोपले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै डोमिनिकन जनताले कृतज्ञता व्यक्त गरेको पनि उहाँले बताउनुभएको छ।