चिनियाँ र कजाकिस्तानी राष्ट्रनायकबीच टेलिफोन वार्ता
2021-06-03 18:56:12CRI
Share with:

जुन २ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले कजाकिस्तानी राष्ट्रपति कास्सिम जोमार्ट केमेलिभिच टोकायेभसँग टेलिफोन वार्ता  गर्नुभएको छ।

सो अवसरमा राष्ट्रध्यक्ष सीले भन्नुभएको छ, ‘चीन-कजाकिस्तान चौतर्फी रणनीतिक साझेदार हुन्। कजाकिस्तानसँगै मिलेर चीनले व्यापार, कृषि, पूर्वाधार, हरित उर्जा, एआई, इ-कर्मस, चिकित्सा, सुरक्षा लगायतका क्षेत्रमा हुने आपसी सहयोगलाई विकसित पार्दै अझ उज्ज्वल भविष्यको सिर्जना गर्दै जाने आशा चीनले लिएको छ।’

कजाकिस्तानी राष्ट्रपति टोकायेभले चीनबाट खोप समर्थन प्रस्तुत गरिएकोमा धन्यवाद ज्ञापन गर्नुभएको छ। साथै शाङहाइ सहयोग संगठन लगायतका क्षेत्रीय र अन्तर्राष्ट्रिय संगठनको प्रारूपमा हुने सम्पर्क र सहयोगलाई घनिष्ट पार्ने इच्छा पनि राष्ट्रपति टोकायेभले व्यक्त गर्नुभएको छ।