राष्ट्राध्यक्ष सी चिनफिङद्वारा अजरबैजानका राष्ट्रपतिसँग टेलिफोन वार्ता #चिनियाँराष्ट्राध्यक्ष
2021-06-03 15:38:31cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुन २ तारिख राति अजरबैजानका राष्ट्रपति इल्हाम ओग्लु आलियेभसँग टेलिफोन वार्ता गर्नुभएको छ।

 

त्यस क्रममा राष्ट्राध्यक्ष सीले नयाँ कोरोना भाइरस महामारी विश्वभर फैलिँदै आएको अवस्थामा यसको सामना गर्न चीन र अजरबैजान दुवै देशले एक अर्कालाई समर्थन गरी कठिन अवस्थाबाट मुक्ति मिलेको भन्दै त्यसबाट साथीबीचको साँचो भावना प्रतिबिम्बित भएको औंल्याउनुभएको छ।

 

आफ्नो देशको वास्तविक अवस्था बमोजिम विकास हुने बाटोको छनौट गरेकोमा चीनले अजरबैजानका जनतालाई समर्थन गर्नुका साथै अजरबैजानलाई बेल्ट एण्ड रोडको महत्वपूर्ण सहयोगात्मक साझेदारको रूपमा व्यवहार गर्दै जाने कुरामा पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ।

 

प्रत्युत्तरमा राष्ट्रपति आलियेभले चीन अजरबैजानको साँचो साझेदार भएको भन्दै चीनसँगै मिलेर दुवै देश बीचको चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई निरन्तर रूपमा विकसित पार्दै जान अजरबैजान इच्छुक रहेको औंल्याउनुभएको छ।