शाङहाइ सहयोग संगठन गैर सरकारी मेत्री मञ्चलाई सीको शुभकामना सन्देश
2021-06-03 18:56:55CRI
Share with:

जुन ३ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले शाङहाइ सहयोग संगठन गैर सरकारी मैत्री मञ्चलाई शुभकामना सन्देश पठाउनुभएक छ।

सन्देशमा गत वर्षको नोभेम्बरमा सो मञ्चको गठन प्रस्ताव गरेपछि विभिन्न सदस्यहरूबाट व्यापक समर्थन पाएको कुरा सीले पुष्टि गर्नुभएको छ। यस मञ्चबाट आपसी सहयोगलाई सबल पार्दै आपसी समझदारी र मित्रतालाई गहन पारिने विश्वास पनि सीले प्रकट गर्नुभएको छ।

थाहा भए अनुसार, जुन ३ तारिख सो मैत्री मञ्च चीनको हुपै प्रान्तीय वुहान शहरमा शुरू भएको छ र ‘गैर-सरकारी मित्रताको प्रवर्द्धन र शाङहाइ भावनाको पुस्तान्तरण’ मुख्य विषय पनि राखिएको छ।