#समाचार सन्दर्भ# आफूलाई निगारानी गर्ने साथी मन पर्छ कि?
2021-06-03 21:26:40CRI
Share with:

#समाचार सन्दर्भ# आफूलाई निगारानी गर्ने साथी मन पर्छ कि?_fororder_222

समुद्र र पहाडका अर्कोपट्टि एक समूहका साथीहरू छन्। उनीहरू सन्धिमा हस्ताक्षर गरेर सहयोगी बनेका थिए। उनीहरूको नेतृत्व ठूलो दाजुले गरेका छन्। उनीहरूले स्वतन्त्रता, प्रजातान्त्रण र शान्तिका लागि प्रयास गरेका छन्। उनीहरू आपसलाई विश्वास र समर्थन गरेका छन्। तर वास्तवमा नेतृत्व ठूलो दाजुले विविध मञ्चद्वारा यी साथीहरूको निगरानी गर्दैआएको छ।

हजुर, यो साथी समूह विश्वका ठूलो दाजु मानिएको अमेरिका र उसका यूरोपेली साथीहरू हुन्।

#समाचार सन्दर्भ# आफूलाई निगारानी गर्ने साथी मन पर्छ कि?_fororder_111

डेनमार्क ब्रोडकास्ट्रिङ कर्पोरेशनले जनाए अनुसार, अमेरिकी राष्ट्रिय सुरक्षा ब्युरोले (एनएसए) डेनमार्कको रक्षा तथा जासुसी ब्युरोको प्रयोग गर्दै डेनमार्कको इन्टर्नेटमार्फत् प्राथमिक तथ्याङ्क पाएर जर्मनीका चान्सलर अन्गेला मर्केल लगायत डेनमार्कका छिमेकी मुलुकका सरकारी उच्च पदाधिकारीहरूको निगरानी गरिरहेको छ। उक्त जानकारी सार्वजनिक भएपछि फ्रान्सका राष्ट्रपति र जर्मनीका चान्सलरले उक्त गतिविधिलाई अस्वीकार गर्दै अमेरिका र डेमार्कसँग त्यसको व्याख्या गर्न अनुरोध गरेका छन्।

ओहो भगवान, साथीहरू बीचको सदिच्छा र विश्वास यस्तो हुन्छ र?

सबैलाई थाहा छ, अमेरिकाको जासुसी सुन्ने र निगरानी कार्य यो पहिलो होइन। पहिले वाटरगेट घटना, प्रिज्म गेट घटना, विकी प्रकट घटना आदि थिए। मायालु यूरोपेली साथीहरूलाई विद्रोह र दुःख लाग्नुपर्दैन। अमेरिकी सरकारले आफ्नो सर्वसाधारणको निगरानी पनि गरेर कथित सहयोगीका लागि किन विशेष हुनेछ?

रमाइलो कुरा के हो भने, अमेरिकाले आफूलाई विश्वको प्रहरी र लाइटहाउस मानेर एकातिर अरू देशको इन्टर्नेट सुरक्षालाई भंग गर्ने गतिविधि गर्नुका साथै अर्कातिर नक्कली कारणले अरू देशको आलोचना गर्ने गरेको छ। एक महिनाअघि अमेरिकाले चिनियाँ ह्वावै कम्पनीले होल्याण्ड शाही दूरसंचारमार्फत् होल्याण्डका पूर्व नेतागणको निगरानी गरेको नक्कली सूचना बनाएको थियो। त्यसपछि अमेरिकाले डेनमार्कलाई ह्वावैबाट उत्पादित उपकरणको प्रयोग निषेध गर्नुपर्ने धम्की दिएको थियो। आफैँ चोर भएर चोर खोज्ने काम अमेरिकाको गरिरहेको छ। 

#समाचार सन्दर्भ# आफूलाई निगारानी गर्ने साथी मन पर्छ कि?_fororder_1127522951_16226374514401n

बौद्ध धर्ममा यस्तो भनाइ छ-भित्री हृदयबाट बाहिरी गतिविधि प्रभावित हुन्छ। अमेरिकाले यति परिचित रूपमा अफवाहको सिर्जना गर्ने र फैलाउने कारण आफूले धेरै नराम्रा कुरा गरेर अरूलाई नराम्रो हो भन्ने विचार पाल्दै आएको छ। यस्तो अवस्थामा अमेरिकासँग अरूलाई आलोचना गर्ने योग्यता कहाँ छ?

यदि भविष्यमा यूरोपेली साथीहरूले अमेरिकालाई उपहार दिएमा स्वतन्त्रता देवीको मूर्ति छोड्नुहोस् र ऐना छान्नुहोस्। अमेरिकालाई आफू ऐना हेर्न लगाउनुहोस्।