विश्वको प्रसिद्ध सङ्ग्रहालय अर्थात् रुसको स्टेट ट्रेत्याकोभ ग्यालरी
2021-06-03 10:51:18cri
Share with:

 

विश्वको प्रसिद्ध सङ्ग्रहालय अर्थात् रुसको स्टेट ट्रेत्याकोभ ग्यालरी_fororder___172.100.100.3_temp_9500033_1_9500033_1_1_7cf8d7c7-a213-4307-8351-1bf7e89cacc8

 

विश्वका प्रसिद्ध सङ्ग्रहालयहरूमध्येको एक रुसी स्टेट ट्रेत्याकोभ ग्यालरीले महामारी अवधिमा अनलाइन प्रदर्शनीको आयोजना गरेको छ जसबाट धेरै युवा कलाप्रेमीहरू यसप्रति आकर्षित भएका छन्। यो ग्यालरीका जिम्मेवार व्यक्ति जेल्फिरा ट्रेगुलोभाले ग्यालरीले महमारीपछि चीनसँग निरन्तर रुपमा सहकार्य गर्ने र चिनियाँ दर्शकहरुलाई अझै अद्भुत प्रदर्शनी उपलब्ध गराउने अपेक्षा व्यक्त गर्नुभयो।

रुसी स्टेट ट्रेत्याकोभ ग्यालरी सुन्दर रुसी नदीको किनारामा अवस्थित छ जुन सन् १८५६ मा रुसी धनी व्यापारी एवम् सङ्ग्रहप्रेमी पावेल ट्रेत्याकोभद्वारा स्थापना गरिएको थियो।

यो ग्यालरीमा ६० वटा प्रदर्शन कक्षहरू छन्। यहाँ सङ्ग्रहित मूल्यवान र सुन्दर खजाना मानिएका तेल चित्रहरू १९ औं शताब्दी र २० औं शताब्दीको शुरुमा रुसको “यात्रा कला प्रदर्शनी संघ” का कलाकारहरूले सिर्जना गरेका हुन्। ट्रेत्याकोभ ग्यालरीका जिम्मेवार व्यक्ति ट्रेगुलोभाकाअनुसार, हालसम्म यो ग्यालरीले २ लाख वटाभन्दा बढी प्रदर्शन वस्तुहरू सङ्ग्रह गरिसकेको छ। यसका साथै हरेक वर्ष प्रदर्शन वस्तुको संख्यामा वृद्धि हुँदैगइरहेको छ। ती प्रदर्शन वस्तुहरूले धेरै पर्यटकहरू र कला प्रेमीहरूलाई आकर्षित गरेका छन्। जिम्मेवार व्यक्ति ट्रेगुलोभा भन्छिन् “प्रदर्शन वस्तुको संख्यामा हरेक वर्ष वृद्धि हुँदैछ। एकातिर, हामीलाई सङ्ग्रहकर्ताहरूले नै त्यस्ता मूल्यवान वस्तुहरू उपलब्ध गराउँदैआएका छन्। अर्कोतिर हामीले पनि केही राम्रा प्रदर्शन वस्तुको खरीद गरेका छौं।”

ट्रेगुलोभाकाअनुसार, ट्रेत्याकोभ ग्यालरीका लागि सन् २०२० सबैभन्दा अप्ठ्यारो वर्ष थियो। कोरोना भाइरस महामारीका कारण उक्त ग्यालरी पाँच महिनासम्म बन्द भएको थियो। ग्यालरीको आम्दानीमा ठूलो असर परेको थियो। कठिन अवस्थाको समाधान गर्न उक्त ग्यालरीले श्रृंखलाबद्ध अनलाइन कार्यक्रमहरूको आयोजना गरेको छ। उनी भन्छिन् “हामीले सामाजिक सञ्जालमार्फत नयाँ प्रयोगकर्ताको संख्या सक्रियताका साथ बढाएका छौं, युवा कलाप्रेमीसँग आदान-प्रदान गरेका छौं। बन्द भएको बेलामा हामीले अनलाइनमा धेरै काम गरेका थियौं। चालू वर्ष जनवरी २२ तारिख ग्यालरी पुनःखोलेपछि हाम्रो ग्यालरीले धेरै दर्शकहरू भित्र्याएको थियो। सन् २०२० मा हाम्रो ग्यालरीको अवलोकन गर्न गएका दर्शकहरूको संख्या ९ लाख ४० हजार थियो जुन सन् २०१९ को एक तिहाई थियो।”

चीनसितको सहकार्यबारे चर्चा गर्दा ट्रेगुलोभाले कोरोन भाइरस महामारीअघि ट्रेत्याकोभ ग्यालरीले धेरै पटक चीनमा प्रदर्शनीको आयोजना गरेको र चिनियाँ दर्शकहरूले प्रदर्शनीको राम्रो मूल्यांकन गरेको कुरा बताउनुभयो। हाल ग्यालरीले महामारीपछि चीनका सांस्कृतिक संस्थानहरूसँग फेरि सहकार्य गर्ने प्रतिक्षा गरिरहेको छ। ट्रेगुलोभा भन्छिन् “हामीले चीनमा आयोजना गरेका प्रदर्शनीहरूलाई स्थानीय सर्वसाधारणले स्वागत गरेका छन्। खास गरी हामीले शाङहाई सङ्ग्रहालयमा आयोजना गरेको चित्रकारको चित्र प्रदर्शनी अवलोकन गर्ने दर्शकहरुको संख्या ५ लाख थियो। त्यसैले हामी र चिनियाँ सहकर्मीहरूले महामारीपछि निरन्तर रुपमा सहकार्य गर्ने र अझै उत्कृष्ट प्रदर्शनीको आयोजना गर्ने अपेक्षा गरेका छौं।”