अमेरिकाद्वारा चीनमाथि हिलो छ्याप्ने पुरानै तरिका
2021-06-03 18:58:37CRI
Share with:

अमेरिकाद्वारा चीनमाथि हिलो छ्याप्ने पुरानै तरिका_fororder_专业造假1

नयाँ कोरोना भाइरस उत्पतिको सर्वेक्षणबारे हाल अमेरिकाले फेरि चीनमाथि हिलो छ्याप्ने प्रयास गरिरहेको छ।

तर यो प्रहसन कति परिचित छ। सर्वप्रथम विश्व स्वास्थ्य सम्मेलअघि वाल स्ट्रिट जर्नलले लेख प्रकाशित गर्दै गोप्य सूचना पाएको जानकारी दिएर भाइरस उत्पति र वुहानको प्रयोगशालासँग जोडेको थियो। त्यसपछि केही अमेरिकी सञ्चर माध्यमले निरन्तर उक्साउनुका साथै अफवाह फैलाएका छन्। त्यसपछि केही राजनीतिज्ञले नाटक देखाउन थालेर कथित सर्वसाधारणको दवावमा जासुसी विभागसँग सर्वेक्षणमा काम गर्न अनुरोध गरेका छन्।

समान नाटक र समान तरिका। उदाहरणका लागि सिन्च्याङ मामिलामा अमेरिकाको समान झुट शृङ्खला छ। सर्वप्रथम कथित थिंक ट्याङ्कका विशेषज्ञले प्रतिवेदन प्रकाशित गरेर सञ्चार माध्यमले उक्साएर राजनीतिज्ञले आवाज र धम्की दिएका छन्।

अमेरिकाद्वारा चीनमाथि हिलो छ्याप्ने पुरानै तरिका_fororder_专业造假2

भाइरस उत्पतिको सर्वेक्षणसम्बन्धी अमेरिकी कार्य प्रहसन  नै हो। अमेरिकी जासुसी विभागको तरिका भद्दा र पूरानो छ। भाइरस उत्पतिको सर्वेक्षण राजनीतिकरण पारिइरहेको चेतावनी डब्लुएचओले धेरैपटक दिएको छ। अमेरिकी राजनीतिज्ञले जासुसी विभागलाई सर्वेक्षणको नेतृत्व गर्ने गतिविधि पूर्ण रूपमा विज्ञानविरोधी रहेको धेरै विश्लेषकले व्यक्त गरेका छन्।

झुटको आधारमा पाएको निश्कर्ष कसैले पनि विश्वास गर्दैन। केही अमेरिकीहरूको राजनीतिक तरिकाले विश्व महामारी विरूद्ध कार्यमाथि क्षति पुर्‍याउनुका साथै आफ्नो नैतिकता र प्रतिष्ठामाथि पनि भंग गर्नेछ।