केही अमेरिकीहरू राजनीतिक भाइरस फैलाउँदै
2021-06-04 19:17:57CRI
Share with:

केही अमेरिकीहरू राजनीतिक भाइरस फैलाउँदै_fororder_政治病毒1

यद्यपि अमेरिका सरकारले डब्लुएचओमा फर्केर बहुपक्षीताको प्रचार गरे तापनि चीनमा भाइरस उत्पतिको सर्वेक्षणबारे डब्लुएचओको निश्कर्ष अस्वीकार गर्नुका साथै जासुसी विभागद्वारा अनुमानका भरमा दोष लगाएको छ। जसबाट हेर्दा केही अमेरिकीहरूले तथ्यको वास्ता र जीवनको ख्याल-विचार गर्दैनन्। उनीहरूको उदेश्य एउटा मात्रै अर्थात् चीनमाथि दोष लगाएर दवाव थप्नु हो।

पहिला सरकारको भाइरस उत्पतिसम्बन्धी षडयन्त्र धारणाले अमेरिकामा महामारीबाट मृतकको संख्य ६ लाखभन्दा बढी पुगेको छ। विकासोन्मुख देशहरूको महामारीविरोधी अनुरोधप्रति अमेरिका मौन रहनुका साथै  सक्रिय सहयोग दिने चीनमाथि हिलो छ्याप्दै आएको छ। यो गैर जिम्मेवार कार्यले अन्तर्राष्ट्रिय नैतिकताको पनि अमेरिकाले गम्भीर उल्लंघन गरेको छ।

केही अमेरिकीहरू राजनीतिक भाइरस फैलाउँदै_fororder_政治病毒2

भाइरस उत्पतिको सर्वेक्षणमार्फत् अमेरिकाले नयाँ कोरोना भाइरस र चीनसँग जोडेर जातीय टकरावलाई पनि गम्भीर पारेको छ। हाल अमेरिका, बेलायत, अस्ट्रेलिया आदि देशमा एशियालक्षित भेदभाव तथा हिंसात्मक घटना भएका छन्।

अमेरिकी राजनीतिज्ञले बोलेको बहुपक्षीयता नक्कली हुनुका साथै त्यसको मूल अमेरिकी प्रभूत्व अझै पनि हो। जसले अन्तर्राष्ट्रिय प्रणाली र बहुपक्षीय नियममाथि नयाँ प्रहार गरिरहेको छ।