लगातार पुनरूत्थान हुँदैआएको चीनको वैदेशिक व्यापारबाट विश्वका लागि निश्चितताको सिर्जना
2021-06-07 20:38:27cri
Share with:

लगातार पुनरूत्थान हुँदैआएको चीनको वैदेशिक व्यापारबाट विश्वका लागि निश्चितताको सिर्जना_fororder_rp1

चीनको भन्सार मुख्यालयले ७ तारिख जारी गरेको पछिल्लो आयात-निर्यात तथ्यांक अनुसार, यस वर्षका अघिल्ला ५ महिनामा चीनको आयात निर्यातको कुल मात्रा गत वर्षको सोही अवधिको तुलनामा २८.२ प्रतिशतले वृद्धि भएको छ। तीमध्ये निर्यात ३०.१ प्रतिशतले वृद्धि भएको छ भने आयात २५.९ प्रतिशतले वृद्धि भएको छ। गत मे महिनासम्म आयात निर्यात मात्राले लगातार १२ महिनासम्मको वृद्धि अवस्थालाई कायम राख्दै आएको देखिन्छ।

लगातार पुनरूत्थान हुँदैआएको चीनको वैदेशिक व्यापारबाट विश्वका लागि निश्चितताको सिर्जना_fororder_rp2

उक्त तथ्यांकबाट के प्रष्ट गरिएको छ भने चीनको वैदेशिक व्यापारको पुनरूत्थान स्थिर र सशक्त भएकाले विश्व आर्थिक पुनरूत्थानका लागि समर्थन र विश्वास पनि ल्याएको छ। चीन सरकारले सक्दो छिटोगरी अनेकन् कदम चालेर नयाँ कोरोना महामारीको सामना गर्न वैदेशिक व्यापारिक व्यवसायलाई सशक्त समर्थन गरेको छ। साथै चीनको वैदेशिक व्यापारको लगातार पुनरूत्थान र विभिन्न मुलुकमा खोप लगाउने परिधि विस्तार हुँदै आएको तथा अन्तर्राष्ट्रिय चाहना पुनः बढ्दै आएको कुरासँग सम्बन्धित रहेको छ।

चीनको वैदेशिक अवस्था लगातार रूपमा राम्रो बन्दै गए तापनि हाल विश्वमा महामारीको अवस्था अझ गम्भीर रहेको देखिन्छ। त्यसबाट विश्व व्यापारिक भविष्यका लागि अझ चुनौती हुँदै जानेछ।