सी चिनफिङद्वारा हाईपै तिब्बती जातीय स्वशासित प्रिफेक्चरको काङ छा जिल्लाको निरीक्षण #चिनियाँराष्ट्राध्यक्ष
2021-06-08 21:23:44cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ ८ तारिख दिउँसो छिङहाई प्रान्तको हाईपै तिबब्ती जातीय स्वशासित प्रिफेक्चरको काङ छा जिल्ला पुग्नुभएको छ। त्यस क्रममा उहाँले छिङहाई सेन न्ह्वु खाडी पुगेर छी लेन पहाड र छिङहाई तालको पर्यावरणीय संरक्षण आदि अवस्थाबारे जानकारी लिनुभएको छ। यसका अतिरिक्त उहाँले तत्स्थान गएर छिङहाई तालको मिलिजुली वातावरणीय निर्माण र जैविक विविधताको संरक्षण कार्यको पनि निरीक्षण गर्नुभयो। त्यसपछि सी चिनफिनले शा ल्यौ ह बस्ती अवस्थित कोलो चाङकोङमा गाउँ पुगेर त्यहाँका तिब्बती जातिका जनतासँग भेटघाट गर्दै उनीहरूको उत्पादन र जीवनयापन अवस्थाबारे पनि जानकारी लिनुभएको छ।