राष्ट्राध्यक्ष सीद्वारा छिङहाइको सिनिङ बसोबास क्षेत्रको निरीक्षण #चिनियाँराष्ट्राध्यक्ष
2021-06-08 16:08:50CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ७ तारिख छिङहाइ प्रान्तीय सिनिङ शहरको निरीक्षण गर्नुभएको छ। ७ तारिख दिउँसो उहाँले वनह्वी सडकको वनथिङस्याङ बसोबास क्षेत्र पुगेर आधारभूत तहमा पार्टीको निर्माण, आधारभूत तहको प्रशासन, राष्ट्रिय एकतालगायत अवस्थाको निरीक्षण गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले स्थानीय क्षेत्रको निरीक्षण गर्दा गाउँ, शहरको बसोबास क्षेत्र र जनजीवन हेर्नुपर्ने भन्दै बसोबास क्षेत्रको विकास गर्न बलियो पार्टी संगठन नेतृत्वको आधारभूत तहको आवश्यकता रहने दोहोर्याउनुभयो।

सोही दिन सिनिङ शहर अवस्थित छिङहाइ शङ युआन गलैंचा दल लिमिटेड कम्पनी पुग्नुभई राष्ट्राध्यक्ष सीले व्यवसायीहरूले स्थानीय कच्चा स्रोतको श्रेष्ठतामा भर परेर उत्पादित वस्तुको प्रतिस्पर्धात्मक शक्तिलाई उकासी सर्वसाधारणको रोजगारलाई बढाएको अवस्थाबारे जानकारी लिनुभएको छ।

तिब्बती गलैँचा, पूर्वी गलैँचा र फार्सी गलैँचालाई विश्वका तीन गलैँचाको रूपमा मानिएको छ। छिङहाइ तिब्बती गलैँचाको जन्मथलो हो। छिङहाइ तिब्बती गलैँचाको ३००० वर्षभन्दा लामो इतिहास छ।

कृत्रिम बुनाइदेखि कृत्रिम तथा मेशिनको बुनाइसम्म, ब्याच उत्पादनदेखि निजीकृत अनुकूल उत्पादनसम्म विकास गरेको शङ युआन गलैंचा दल लिमिटेड कम्पनीले पछिल्लो अवस्थामा वैज्ञानिक तथा प्राविधिक विचार र परम्परागत उद्योगलाई मिलाएर गलैँचा उत्पादन गर्दैआएको छ। यहाँ उत्पादित गलैँचा अस्ट्रेलिया, युरोप, उत्तर-अमेरिका, मध्य-पूर्वलगायत ४० वटाभन्दा बढी मुलुक र क्षेत्रसम्म विक्री हुनेगरेको छ र सन् २०२० को उत्पादन मूल्य ४.२ करोड चिनियाँ युआन पुगेको छ।

शङ युआन गलैंचा दल लिमिटेड कम्पनीले विश्वमा प्रथम श्रेणी तिब्बती गलैँचा उत्पादन आधारको स्थापना गरी पठारभूमिको विशेष उद्योगलाई विश्वमा नाम बनाउन सफल भएको छ।

राष्ट्राध्यक्ष सीले छिङहाइमा अरू यस्ता विभिन्न विशेष उद्योगको विकास गरी नवीन सिर्जना गरेर अझ विकास गर्ने आशा आफूले लिएको पनि व्यक्त गर्नुभयो।