राष्ट्राध्यक्ष सी चिनफिङद्वारा छिङ हाईको पर्यावरणको निरीक्षण #चिनियाँराष्ट्राध्यक्ष
2021-06-09 14:34:41CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ ८ तारिख दिउँसो छिङहाई प्रान्तको हाईपै तिब्बती जातीय स्वशासित प्रिफेक्चरको काङ छा जिल्ला पुग्नुभएको छ। त्यस क्रममा उहाँले छिङहाई सेन न्यु खाडी पुगेर छी लेन पहाड र छिङहाई तालको पर्यावरणीय संरक्षण आदि अवस्थाबारे जानकारी लिनुभएको छ। यसका अतिरिक्त उहाँले तत्स्थानमा छिङहाई तालको वातावरणीय निर्माण र जैविक विविधताको संरक्षण कार्यको पनि निरीक्षण गर्नुभएको छ। त्यसपछि राष्ट्राध्यक्ष सीले शा ल्यौ ह बस्तीमा अवस्थित कोलो चाङकोङमा गाउँ पुगेर त्यहाँका तिब्बती जातिका जनतासँग भेटघाट गर्दै उनीहरूको जीवनयापन अवस्थाबारे पनि जानकारी लिनुभएको छ।

८ तारिख दिउँसो चीनका राष्ट्रध्यक्ष सी चिनफिङले छिङ हाई तालको स्येन न्यु खाडी पुगेर छिङहाइ ताल वातावरणको वृहत् अवस्था, जीव विविधताको संरक्षण कार्यको निरीक्षण गर्नुभएको छ। सो अवसरमा उहाँले पहिला आफूले तीन नदीको स्रोत तथा छी ल्येन पहाडको भ्रमण गरेको र यस पटक विशेष गरी छिङ हाइ तालको भ्रमण गर्न आएको बताउनुभयो।

उहाँले पारिस्थितिक सभ्यतासम्बन्धी छिङ हाइको रणनीतिक स्थान निकै महत्वपूर्ण रहेको भन्दै छिङ हाइको पारिस्थितिक सभ्यताको राम्रोसँग निर्माण गर्ने, पारिस्थितिक स्रोतको राम्रोसँग संरक्षण गर्ने, राष्ट्रिय पारिस्थितिक रणनीतिलाई राम्रोसँग व्यवहारमा उतार्ने, राष्ट्रिय पार्कको राम्रोसँग निर्माण गर्ने कुरा दोहोर्याउनुभयो। पारिस्थितिक स्रोत, सम्पत्ति र खजाना भएको पनि सीले व्यक्त गर्नुभयो।

त्यसपछि राष्ट्राध्यक्ष सीले काङ छा जिल्लाको लोचाङकुङमा गाउँको भ्रमण गर्नुभएको हो। तिब्बती जातीय पशुपालनमा आधारित २४०० जनसंख्या रहेको उक्त गाउँ सन् २०१७ मा पूर्ण गरिबीबाट मुक्त भएको थियो। केही वर्षयता समुहिक उद्योगको विकास गरी उक्त गाउँको प्रतिव्यक्तिको खर्च गर्नसकिने आय १२,३१३ युआन पुगेको छ।

राष्ट्राध्यक्ष सीले गाउँलेसँग कुराकानी गर्दै हामी एक परिवार भएको र दाजु-भाइ तथा दिदी-बहिनी भएको उल्लेख गर्नुभयो। उहाँले सबैले सुखमय जीवन बिताएको अवस्था देखेपछि आफूलाई निकै खुशी लागेको भन्दै नयाँ चीन स्थापना भएको १०० वर्ष पुग्ने बेलामा चीन राष्ट्र पक्कै अझ बलियो रूपमा विश्वको अग्रस्थानमा रहने दोहोर्याउनुभयो।

राष्ट्राध्यक्ष सीले चीन राष्ट्र अनारको दाना जस्तो घनिष्ठ रूपमा मिलेको र सबै चीन राष्ट्र समुदायको सदस्य भएको तथा समाजवाद आधुनिकिकरण मुलुकको पूर्ण रूपमा निर्माण गर्ने प्रकृयामा सबै जाति सम्मिलित हुनुपर्ने भन्दै भोलि अझ राम्रो हुने विश्वास लिनुपर्ने कुरामा जोड दिनुभयो।