चीन-फिलिपिन्स दौत्य सम्बन्ध स्थापनाको ४६औँ वार्षिकोत्सवमा सीद्वारा डुटर्टेलाई बधाई सन्देश #चिनियाँराष्ट्राध्यक्ष
2021-06-09 10:09:47CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुन ९ तारिख चीन-फिलिपिन्स दौत्य सम्बन्ध स्थापना भएको ४६औँ वार्षिकोत्सव र फिलिपिन्स स्वतन्त्र भएको १२३औँ वार्षिकोत्सवको सुअवसरमा फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेलाई बधाई सन्देश पठाउनुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले चीन र फिलिपिन्स असल छिमेकी मुलुक हुनुका साथै परम्परागत मित्रताको लामो इतिहास बोकेको पनि उल्लेख गर्नुभयो। उहाँले केही वर्षयता दुई पक्षको संयुक्त प्रयासमा चीन र फिलिपिन्सबीचको सम्बन्धमा स्वस्थ तथा स्थिर विकास भएबाट दुई देशका जनतालाई व्यवहारिक फाइदा पुर्याइएको बताउनुभयो। कोभिड-१९ महामारी फैलिएपछि दुई पक्षले आपसलाई सहयोग गरी कठिनाइलाई जितेबाट असल मित्रता पनि उकासिएको उहाँले व्यक्त गर्नुभयो। सीले चीन-फिलिपिन्स सम्बन्धको विकासमा आफूले उच्च ध्यान दिएको भन्दै राष्ट्रिपति डुटर्टेसँग मिलेर दुई देश सम्बन्धको थप स्थिर विकास र अरू ठूलो आपसी हितयुक्त फाइदा पुर्याउने प्रयास गर्ने इच्छा आफूले लिएको पनि बताउनुभयो।