लो याङमा कागज महंगो भएको सम्बन्धी कथा-2
2021-06-09 09:49:54cri
Share with:

लो याङमा कागज महंगो भएको सम्बन्धी कथा-2_fororder_01

“सान् तु फु” भनेको के हो? “फु” भनेको त्यस बेला प्रचलित एक किसिमको लेखाइको शैली हो। यस किसिमको लेख लेख्दा छन्दोबद्ध तरिकाले लेख्नुका साथै ऐतिहासिक कथा वा उदाहरण पनि प्रयोग गर्नुपर्थ्यो। रचनाका शब्द र वाक्य पनि श्रृंगार रसका हुनैपर्थ्यो।“सान् तु”को अर्थ तीनवटा राजधानी हो जसमा चिन राज्यअघिका शु, उ र वै तीनवटा स-साना राज्यका राजधानी पर्दथे। “सान तु फु”मा “शु तु फु अर्थात शु राज्यको राजधानीको बयान गर्ने शैली, त्यसै गरी “उ तु फु “ र “वै तु फु” पनि थिए। हरेक लेखाइमा काल्पनिक व्यक्तिको मुखबाट स्थानीय परिस्थिति, उत्पादित वस्तु र व्यवस्था बारे वयान र मूल्यांकन गरिन्थ्यो। ती लेखको सफलता शैलीमा मात्र नभई विषयमा पनि देखिएको थियो। यो रचना तयार पार्न चो सलाई धेरै समय लागेको थियो। उनले ऐतिहासिक कुरा र सम्बन्धित कथाहरु बारे अध्ययन र जाँच गरी उदृद्ध गर्ने कथा र कुराहरुको सत्यता प्रमाणित गरेपछि मात्र प्रयोग गरेका थिए। सम्पूर्ण सामग्रीहरु तयार पारेपछि चो सले आफ्नो घरमा, आँगनमा र शौचालयमा पनि जताततै कागज र कलमहरु राखेका थिए जसबाट उनले आफ्नो मनमा कुनै पनि भावना आएमा त्यसै बेला लेख्न सकियोस। यसो गर्दागर्दै दश वर्षपछि मात्र चो सले बल्लतल्ल यो रचना तयार गरेका थिए।