डोनाल्ड ट्रम्पको ‘राष्ट्रपतीय उम्मेद्वारीमा फर्किने’ सम्बोधनको जालमा नफस्न आग्रह
2021-06-10 15:32:00cri
Share with:

 

डोनाल्ड ट्रम्पको ‘राष्ट्रपतीय उम्मेद्वारीमा फर्किने’ सम्बोधनको जालमा नफस्न आग्रह_fororder_未标题-2 拷贝

हालै नेपालको अन्नपूर्ण पोस्टमा एउटा《कोरोना भाइरस उत्पत्तिको किचलो》 नामक लेख प्रकाशित भएको छ। जसमा“यस भाइरसको स्रोत मुलुक चीनले सुनियोजित प्रकारले भाइरस उत्पादन गरी विश्वभर फैलाएको आरोप संयुक्त राज्य अमेरिकाले लगाएको”धारणाबारे जानकारी गराइएको छ। साथै लेखकले अमेरिकाको यस्तो आरोपप्रति सन्देह गरे तापनि चीनलाई सुधार गर्न र आवश्यक क्षतिपूर्ति दिन बाध्य बनाउनुपर्ने विचार पनि राखेका छन्। यस्तो धारणाले हालै अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषणको सम्झना दिलाएको छ। ट्रम्पको उत्तेजक सम्बोधनले यस नेपाली लेखकलाई अन्धो बनाएको हो कि?

ट्रम्पले आफ्नो भाषणमा के के भनेका छन्?

डोनाल्ड ट्रम्पको ‘राष्ट्रपतीय उम्मेद्वारीमा फर्किने’ सम्बोधनको जालमा नफस्न आग्रह_fororder_2

जुन ५ तारिख राती अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पले उत्तर क्यारोलिना रिपब्लिकन पार्टीको अधिवेशनमा वर्तमान बाइडेन सरकार, अमेरिकी महामारी विशेषज्ञ एन्थोनी फौसी र चिनियाँ सरकारमाथि आरोप लगाएका छन्। अमेरिकी द हिल अखबारले जनाए अनुसार, ट्रम्पले अमेरिका र विश्वले चीनसमक्ष क्षतिपूर्ति माग गर्ने समय आएको भन्दै विश्वका मुलुकले संयुक्त रूपमा प्रयास गरी चीनसँग कम्तीमा १० खर्ब अमेरिकी डलरको क्षतिपूर्ति माग गर्नुपर्ने बताएका छन्। सम्बोधनमा ट्रम्पले फेरि पनि कोरोना भाइरस प्रयोगशालाबाट लिक भएको विचार पुनर्पुष्टि गरेका छन्। साथै उनले केही पनि प्रमाण प्रस्तुत गर्न नसकेको द हिलले उल्लेख गरेको छ।

ट्रम्पको यस्तो ‘राष्ट्रपतीय उम्मेद्वारीमा फर्किने’ प्रदर्शनलाई केही समर्थकले स्याबासी दिएका छन्। ‘कोरोना भाइरस उत्पत्तिको किचलो’ लेखेका नेपाली लेखक ट्रम्पको भाषणबाट प्रभावित भएका हुन् कि? किनभने अमेरिकामा ट्रम्पको यस्तो भनाइले अनुमानित प्रतिफल पाएको छैन। कतिपय इन्टर्नेट प्रयोगकर्ताले ट्रम्पको भाषणबारे चर्चा गर्दै भनेका छन्- ‘ट्रम्प बेइमान गर्ने मान्छे हो।’ ‘ट्रम्पका कारण लाखौं अमेरिकीले ज्यान गुमायो।’ ‘त्यो पूर्व राष्ट्रपतिले क्षतिपूर्ति दिनुपर्छ किनभने उसले व्यक्तिगत उद्देश्य लिएको छ र महामारीको सामना गर्ने क्षमता छैन।’

सर्वविदित कुरा के हो भने ट्रम्पको कार्यावधिमा अमेरिकामा संक्रमितहरूको संख्या २.४ करोड थियो र मृत्यु हुनेको संख्या ४.१ लाख पुगेको थियो। उनको कार्यावधिमा उनले कोरोना भाइरसको स्रोत चीनसँग सम्बन्धित भएको कुरा बारम्बार चर्चा गरेका थिए। साथै ट्रम्पले बारम्बार मूर्खतापूर्ण र शरीरलाई हानी नोक्सानी पुर्याउने खालका ‘सर्वसाधारणले किटाणुशोधन झोल खानसकिने’ जस्ता कुराहरू पनि आफ्नो भाषणको क्रममा गरेका थिए। वास्तवमा ट्रम्पले यसअघि नै अगष्ट महिनाअघि ह्वाइटहाउसमा फर्किने भनेका छन् र यस पटकको उत्तेजक प्रदर्शनले आफ्नो फिर्तीका लागि समर्थन जुटाउन खोजिरहेकोमा कुनै शंका छैन।

डोनाल्ड ट्रम्पको ‘राष्ट्रपतीय उम्मेद्वारीमा फर्किने’ सम्बोधनको जालमा नफस्न आग्रह_fororder_3

मार्चमा डब्लुएचओबाट प्रकाशित “भाइरस उत्पतिको सर्वेक्षणसम्बन्धी चीन- डब्लुएचओ संयुक्त विशेषज्ञ मण्डलको अनुसन्धान प्रतिवेदन” मा प्रयोगशालाबाट मानिसमा भाइरस फैलिने अवस्था असम्भव भएको निश्चित गरेको छ। साथै हाल डब्लुएचओले इटालीसँग पहिलेको कोभिड-१९ भाइरस एन्टिबडीरहित रगत नमूनाको फेरि परीक्षण गर्न अनुरोध गरेको छ। जसबाट सन् २०१९ को गृष्ममा कोभिड-१९ भाइरस इटलीमा फैलिन थालेको सम्भावना छ। वैज्ञानिक निश्कर्षमा, ट्रम्पले “प्रयोगशालाबाट भाइरसको चुहावट धारणा” फेरि उक्साउने गतिविधि बौद्धिक विरोधी मात्र नभई चीनमाथि हिलो छ्याप्ने काम हो। त्यसपछाडि एकातिर महामारीविरूद्धमा आफ्नो कमजोर जिम्मेवारीबाट पन्छनु हो र अर्कोतिर राजनीतिक मञ्चमा फर्कन प्रचार गर्नु हो। 

त्यसैले नेपाली मिडियाकर्मी राजनीतिक वैरभावको प्रचारको धोकामा नपरी आधारभूत वैज्ञानिक सत्य तथ्यमाथि ध्यान दिने छ भन्ने आशा गर्छौं साथै ट्रम्पको वास्तविक व्यक्तिगत राजनीतिक मागलाई पनि स्पष्ट पार्ने छ।

महामारीबाट लाखौंलाख मृतकका आफन्त र साथीहरूको मनमा पीडा छ। र योसँगै उनीहरूले मूल्याङ्कन पनि गरेका छन्। ट्रम्पले स्वदेशी सर्वसाधारणलाई समेत ठग्न नसकेको अवस्थामा अरू कसले उनको झूटो कुरामाथि विश्वास गर्ने? मिडियाकर्मीलगायत नेपाली साथीहरूलाई उनको झूटो आरोपमा नपर्न आग्रह छ।