राष्ट्राध्यक्ष सीको पाइलासँगसँगै चीनको परम्परागत संस्कृतिको अनुभव
2021-06-11 15:08:46cri
Share with:

राष्ट्राध्यक्ष सीको पाइलासँगसँगै चीनको परम्परागत संस्कृतिको अनुभव_fororder_src=http___big5.www.gov.cn_gate_big5_www.gov.cn_xinwen_2019-06_16_5400757_images_05b84b04ed1a4b91abfe7d50bfb70c61&refer=http___big5.www.gov

 चिनियाँ श्रेष्ठ परम्परागत संस्कृति चिनियाँ जातीय संस्कृतिको आधार हो। चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ महाधिवेशनयता राष्ट्राध्यक्ष सी चिनफिङले चिनियाँ श्रेष्ठ परम्परागत संस्कृतिको प्रचारप्रसार सम्बन्धमा श्रृँखलाबद्ध महत्वपूर्ण धारणा प्रस्तुत गर्नुभएको छ। यस वर्षको वसन्त चाडअघि राष्ट्राध्यक्ष सीले क्वै चौ प्रान्तको पहाडी क्षेत्रमा अवस्थित म्याउ जातीय आबासको निरीक्षण गर्दै स्थानीय हस्तकला पोशाक र कलावस्तुको प्रशंसा गर्नुभएको थियो। म्याउ जातिको हस्तकला वस्तुलाई विश्वमा सबैभन्दा उत्तम कढाई कलामध्ये एकको रुपमा मानिन्छ। हाल म्याउ जातिय कढाई व्यवसायले क्वै चौ प्रान्तमा लगभग ५ लाख महिलाको रोजगार सिर्जना गरेको छ भने म्याउ कढाई उत्पादनवस्तु ६०भन्दा बढी राष्ट्र तथा क्षेत्रमा विक्री गरिन्छ।

राष्ट्राध्यक्ष सीको पाइलासँगसँगै चीनको परम्परागत संस्कृतिको अनुभव_fororder_src=http___5b0988e595225.cdn.sohucs.com_images_20181104_d8f8221a43ff41f488817b20d7099751.jpeg&refer=http___5b0988e595225.cdn.sohucs

  यसप्रति राष्ट्राध्यक्ष सीले स्थानीय बासिन्दालाई म्याउ कढाईलाई विस्तार गर्न प्रेरित गर्नुभएको छ। उहाँले यसरी भन्नुभयो:परम्परागत तर फेसनेवल पनि छ। संस्कृति मात्र नभइ व्यवसाय पनि हो। म्याउ कढाईले जातिय संस्कृतिको प्रचारप्रसार गर्ने मात्र नभइ गरिबी निवारणका लागि सहयोग पुर्‍याउनसक्छ।

राष्ट्राध्यक्ष सीको पाइलासँगसँगै चीनको परम्परागत संस्कृतिको अनुभव_fororder_src=http___img.zcool.cn_community_02f82d585a1f08a8012060c812d566.png@800w_1l_2o_100sh&refer=http___img.zcool