अमेरिकामा बालश्रमको स्थिति गम्भीर
2021-06-12 17:18:59cri
Share with:

अमेरिकामा बालश्रमको स्थिति गम्भीर_fororder_rp3

जुन १२ तारिख विश्व बालश्रम विरूद्धको दिवसको अवसरमा अन्तर्राष्ट्रिय श्रम संगठन र अन्तर्राष्ट्रिय बालकोषले एउटा पछिल्लो रिपोर्ट सार्वजनिक गर्दै सन् २०२१ मा विश्वव्यापी बाल श्रमिकको संख्या गएको २० वर्ष यता पहिलो पटक वृद्धि भएको कुरा व्यक्त गरेको छ।

यसका साथै जेनेभामा आयोजित १०९औं अन्तर्राष्ट्रिय श्रमिक महाधिवेशनमा सहभागीहरूले अमेरिकाको जबरजस्ती श्रम तथा बालश्रमको कडा निन्दा गरेका छन्।

अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार अमेरिकाले निश्चित भएका ८ वटा संगठनका महाधिवेशनहरूमध्ये २ वटालाई मात्र अनुमोदन गरेको छ भने यसबाट विश्वमा सबभन्दा कम अधिवेशनहरूमा समर्थन गर्ने मुलुकहरूमध्ये अमेरिका पनि एक हो।