अमेरिकाद्वारा थाइवानलाई खोपको प्रलोभन
2021-06-13 19:58:53cri
Share with:

अमेरिकाद्वारा थाइवानलाई खोपको प्रलोभन_fororder_rp613

हाल अमेरिकाका दुई जना सिनेटर एडवार्ड मार्की तथा मिट् रोम्नीले अमेरिका र थाइवानबीचको सम्बन्धलाई बलियो बनाउन थाइवानको सैनिक क्षेत्रका लागि खोप उपलब्ध गराउन अमेरिकी सरकार समक्ष आग्रह गर्नुभएको छ।

अमेरिकाले सैन्य हतियारको व्यापार विकास गर्नका लागि थाइवानलाई मुखले कोभिड-१९ भाइरस विरूद्ध खोप उपलब्ध गराउने प्रतिज्ञा गरेको थियो। पहिला अमेरिकाले थाइवानलाई ७ लाख ५० हजार खोप योगदान गर्ने प्रतिज्ञा गरे तापनि थानवानको २ करोड ३० लाख जनसंख्याका लागि अपुग देखिन्छ। वास्तवमा अमेरिकाले हालसम्म उक्त कुनै पनि खोप थाइवानलाई दिएको छैन। थाइवानीहरूको भनाई छ, “थाइवानले अमेरिकाको पुरानो हतियार किनिसक्यो र राजनीतिका लागि अमरिकालाई पनि सहयोग दिइसक्यो तर हामीलाई ७ लाख ५० हजार मात्र खोप योगदान दिने र?”

यसको सट्टामा मे महिनामा थाइवानको महामारी गम्भीर भएदेखि यता चीनको मुख्यभूमिले थाइवानलाई सक्दो सहयोग दिने कुरा व्यक्त गरेको थियो। तथ्याङगका अनुसार मेइ ३१ तारिखसम्म चिनियाँ मुख्यभूमिमा खोप लगाएका थाइवानका बासिन्दाहरूको सँख्या ६२ हजार पुगेको छ।

थाइवानसँगको मामिला चीनको मुख्य हितसित सम्बन्धित भएको कारण धेरै महत्वपूर्ण मानिन्छ। साथै यो मामिला चीन र अमेरिकाबीचको सम्बन्धको सबैभन्दा संवेदनशील समस्या पनि देखिन्छ। यो मामिलामा कुनै शक्ति वा व्यक्तिले विभाजन ल्याउन खोजेमा चीनले सधैं नै अडानका साथ प्रतिरोध गर्ने गरेको छ।