#समाचार सन्दर्भ#२० वर्षीय शाङ हाइ सहयोग संगठनले विश्वलाई के दियो?
2021-06-16 18:51:09cri
Share with:

#समाचार सन्दर्भ#२० वर्षीय शाङ हाइ सहयोग संगठनले विश्वलाई के दियो?_fororder_QQ图片20210616185008

जुन १५ तारिख शाङहाइ सहयोग संगठन स्थापना भएको २० औँ वार्षिकोत्सव हो। सुरूमा ६ वटा सदस्य मुलुकबाट हाल ८ वटा सदस्य मुलुक, ४ वटा पर्यवेक्षक मुलुक, ६ वटा वार्ता साझेदारीसम्म विकास भएको शाङ हाइ सहयोग संगठनले क्षेत्रीय शान्तिको संरक्षण र क्षेत्रीय विकासलाई बढाउनुक साथै बहु-पक्षीयवादको संरक्षण र अन्तर्राष्ट्रिय सम्बन्धको प्रजातान्त्रीकरण बढाउन नमूना प्रदान गरेको छ।

अन्तर्राष्ट्रिय राजनीतिक शास्त्र क्षेत्रमा यस्तो भनाइ छ कि युरेशियाले विश्वको भू-राजनीतिक परिदृश्यको रचना गर्न निकै महत्वपूर्ण प्रभाव पारेको छ। शाङ हाइ सहयोग संगठन युरेशियाको ६० प्रतिशत क्षेत्रफलमा फैलिएको छ भने जनसंख्या विश्वको लगभग आधा पुगेको छ जुन अन्तर्राष्ट्रिय मामिलाको एक महत्वपूर्ण रचनात्मक शक्ति बनेको  छ। २० वर्षयता शाङ हाइ सहयोग संगठनले समृद्धि भइरहेको कारण नै स्थापना भएको सुरूमा पनि शाङ हाइ भावना तोकिएको छ अर्थात् आपसी विश्वास, पारस्परिक हित, समान व्यवहार, सल्लाह, सभ्यताको भिन्नताको सम्मान र साझा विकास।

#समाचार सन्दर्भ#२० वर्षीय शाङ हाइ सहयोग संगठनले विश्वलाई के दियो?_fororder_QQ图片20210616185015

यो विकसित सहयोग विचार हो जुन विभिन्न सामाजिक प्रणाली र विकास बाटोमा रहेका मुलुकबीच मेलमिलापयुक्त बस्ने नयाँ सहयोग मोड ल्याएको छ साथै सदस्यहरूबीच सुरक्षा सहयोग, आर्थिक विकास, सभ्यता वार्तालगायत विभिन्न क्षेत्रमा वरिष्ठ उपलब्धि पाएको छ। शाङ हाइ सहयोग संगठनका महासचिव भ्लादिमिर नोरोभले भन्नुभएको छ झैँ २० वर्षयता शाङ हाइ भावनाले आफ्नो महत्व र अन्तर्राष्ट्रिय आकर्षक देखाएको छ।

शाङ हाइ सहयोग संगठनको सहयोग गहिरो भइरहे पनि सैन्य गठबन्धन बन्नु हुँदैन। शाङ हाइ सहयोग संगठनको २० वर्षको विकासबाट समस्त मानवजातिको हित-कल्याणका लागि बहु-पक्षीयवाद, न्यायमा अडिग रहेर इतिहासको विकास बढाउनुपर्ने सम्झाइएको छ।