शाङ्हाई सहयोग संगठनको बीसौँ वार्षिकोत्सव #चीनकोविकास
2021-06-17 15:04:49cri
Share with:

शाङ्हाई सहयोग संगठनको बीसौँ वार्षिकोत्सव #चीनकोविकास_fororder_src=http___ls.chiculture.org.hk_sites_minisite_files_styles_free_style_image_style_public_2018-08_20180611049939fa_itok=bPb6MM45&refer=http___ls.chiculture.org

जुन १५ तारिख शाङ्हाई सहयोग संगठन स्थापना भएको २०औँ वार्षिकोत्सव हो। सन् २००१ देखि हालसम्म यस संगठन विश्वमा ढाकेको क्षेत्रफल र जनसंख्याका हिसाबले सबैभन्दा बढी भएको मिलिजुली क्षेत्रीय संगठन बनेको छ। चीनको सामाजिक बैज्ञानिक प्रतिष्ठानअन्तर्गत रुस पूर्वी युरोप मध्य एशिया अनुसन्धान व्युरोका प्रमुख सुन च्वाङ चीका अनुसार शाङहाई सहयोगको केवल बीस वर्षको इतिहास भएता पनि यसले सुरक्षा क्षेत्रमा अन्य संगठनभन्दा फरक शैली र सुरक्षा सहयोग विचारधारा सिर्जना गरेको छ। यस संगठनले लागुपदार्थको तस्करी, अपराध, सुरक्षा सञ्जाल, सूचना सुरक्षा, पर्यावरणीय सुरक्षा, ऊर्जा सुरक्षा, वित्तीय सुरक्षा सम्बन्धी क्षेत्रमा धेरै प्रभावकारी सहयोग उपलब्ध गराएको छ।

बीस वर्षको विकासमा यस संगठनले “पारस्परिक विश्वास,साझा हित,समान,सल्लाह,विविध सभ्यताको सम्मान,साझा विकासको खोजी” भावना लिँदै अन्तर्राष्ट्रिय विवाद,नागरिक आदानप्रदान आदि क्षेत्रमा निकै महत्वपूर्ण भूमिका सिर्जना गर्दै आएको छ। यसप्रति प्रमुख सुनका अनुसार धेरै वर्ष पार गरी शाङ्हाई सहयोग संगठनका सदस्य मुलुकको संख्या शुरुवातको ६ बाट हालको ८ पुगेको छ। साथै यससँग ४ पर्यवेक्षक मुलुक र ६ वार्ता साझेदारी मुलुक रहेका छन्।

आर्थिक तथा व्यापारिक सहयोग सम्बन्धमा वर्तमान शाङहाई सहयोग संगठनको कूल आर्थिक मात्रा २०० खर्ब अमेरिकी डलर बराबर छ भने स्थापनाको सुरुवातभन्दा १३ गुणाले बढेको छ। विदेशका लागि यस संगठनको कूल व्यापार रकम ६६ खर्ब अमेरिकी डलर पुगेको छ भने बीस वर्ष अघिभन्दा १०० गुणाले बढेको छ। यसप्रति चीनको विदेशी अर्थतन्त्र व्यापार विश्वविद्यालयअन्तर्गत भूमण्डलीकरण र चीन आधुनिकिकरण समस्या अनुसन्धान व्युरोका प्रमुख वाङ ची मिनका अनुसार चीनसँग प्रचुर उत्पादन स्रोत र अपेक्षाकृत प्रचुर पूँजी रहेको छ। यस संगठनका अन्य सदस्य मुलुकका राष्ट्रिय स्रोत र श्रम स्रोत प्रचुर छ। चीन र शाङहाई सहयोग संगठनका सदस्य मुलुकबीचको व्यापारिक पूरकता बढ्दै गएको छ भने आर्थिक तथा व्यापारिक सहयोगको भविष्य उज्यालो छ। शाङहाई सहयोग संगठन नै चीनद्वारा प्रस्तुत रेशमी मार्ग आर्थिक बेल्ट र रुसद्वारा प्रस्तुत युरोप एशिया आर्थिक लिगलाई समन्वय गर्ने मञ्च बनेको छ भने यो चीन र रुसबीचको एक महत्वपूर्ण सहमति पनि हो।

शाङहाई सहयोग संगठनले वर्तमान विश्वमा के भूमिका सिर्जना गर्नसक्छ? यसप्रति प्रमुख सुनका अनुसार यस संगठनले अन्तर्राष्ट्रिय सम्बन्धलाई लोकतान्त्रीकरण बनाउने क्रममा अझ सकारात्मक भूमिका सिर्जना गर्न सक्छ।