#समाचार सन्दर्भ#स्पेसमा चिनियाँ नयाँ घरले समस्त मानवजातिलाई फाइदा पुर्‍याउने
2021-06-17 19:30:53cri
Share with:

#समाचार सन्दर्भ#स्पेसमा चिनियाँ नयाँ घरले समस्त मानवजातिलाई फाइदा पुर्‍याउने_fororder_IMG_2344(20210617-191608).JPG

जुन १७ तारिख विहान ९ बजेपछि तीन जना अन्तरिक्ष यात्रीवाहन शनचौ नं १२ अन्तरिक्ष यान सफलताका साथ स्पेसमा पुगेको छ। चीनको अन्तरिक्ष स्टेशन थेनह केन्द्र कक्षमा पहिलो पटक मान्छे पुगेको हो। चीनको अन्तरिक्ष स्टेशन कक्ष निर्माण अवधिको पहिलो मानव वाहन यात्रा कार्य हो र तीन जना अन्तरिक्ष यात्री स्पेसमा ३ महिनासम्म बस्ने कार्यक्रम छ।

अमेरिकी हार्डभरका अन्तरिक्ष विज्ञ जोनाथन मेकडोवेलले चिनियाँ अन्तरिक्ष यात्रीको लक्ष्य स्पेसमा उनीहरूको नयाँ घर निर्माण गरी अतिरिक्त प्रयोग गर्ने उल्लेख गर्नुभयो। अन्तरिक्ष यात्री दीर्घकालीन निवासको परीक्षा, पुनर्जन्म पारिस्थितिक संरक्षण, स्पेसमा सामग्रीको आपूर्ति, कक्ष निस्केर घुम्ने, कक्ष निस्केर काम गर्ने लगायत कार्यक्रम यस पटकको मुख्य कार्य रहेका छन्।

#समाचार सन्दर्भ#स्पेसमा चिनियाँ नयाँ घरले समस्त मानवजातिलाई फाइदा पुर्‍याउने_fororder_IMG_2345(20210617-191620).JPG

बाह्य स्पेस मानवजातिको साझा सम्पत्ति हो भने अन्तर्राष्ट्रिय सहयोग स्पेस अन्वेषणको प्रमुख प्रवाह हो। चीनको मानव वाहन एयरोस्पेस परियोजना स्थापना भएयता स्वयं प्रयास गर्नुका साथै रूस, जर्मनी, फ्रान्सलगायत विभिन्न मुलुकका एयरोस्पेस एकाइ तथा संयुक्त राष्ट्र संघको बाह्य स्पेस विभाग, युरोप स्पेस ब्यूरोलगायत अन्तर्राष्ट्रिय एयरोस्पेस संगठनसँग व्यापक आदान-प्रदान सहयोग गरेको छ। अन्तरिक्ष स्टेशन चरण प्रवेश भएपछि चीनले अन्तरिक्ष स्टेशन कामको विस्तृतलगायत क्षेत्रमा अरू व्यापक अन्तर्राष्ट्रिय सहयोग बढाउने तयारी गरेको छ।

ती कदमको एकै लक्ष्य मात्रै हो कि चीनको अन्तरिक्ष स्टेशनलाई मानवजातिलाई फाइदा पुर्‍याउने अन्तरिक्ष प्रयोगशालाको रूपमा निर्माण गरी ब्रह्माण्डको रहस्य पत्ता लगाउन र बाह्य स्पेसको शान्तिपूर्ण रूपमा प्रयोग गर्न चिनियाँ योगदान गर्नेछ।