अन्तरिक्ष अन्वेषणको नयाँ अवसरको साझा बाँडफाँड #समाचार सन्दर्भ#
2021-06-17 17:04:43CRI
Share with:

अन्तरिक्ष अन्वेषणको नयाँ अवसरको साझा बाँडफाँड #समाचार सन्दर्भ#_fororder_33

जुन १७ तारिख विहान ९ बजेर २२ मिनेटमा शनचौ १२ मानववाहक अन्तरिक्ष यान बोकेको छाङचङ २ एफ १२ क्यारियर रकेट च्यूछ्वान उपग्रह प्रक्षेपण केन्द्रबाट  प्रक्षेपण गरिएको छ। मानववाहक अन्तरिक्ष यानले रकेटबाट सफलताका साथ विभाजित भएर निर्धारित लीगमा प्रवेश गरेको छ। ने हाइशङ, लिउ पोयाङ र थाङ हुङपोलगायत तीनजना अन्तरिक्ष यात्री पनि सफल रूपमा अन्तरिक्षमा प्रवेश गरेका छन्।

गत शताब्दीको ९० औँ दशकदेखि चीनले मानववाहक अन्तरिक्ष परियोजनामा चिनियाँ पाइला राखेको थियो। शनचौ १२ मानववाहक अन्तरिक्ष यानको सफल प्रक्षेपण तेस्रो पाइलाम अर्थात् अन्तरिक्ष स्टेशनको निर्माण गरी ठूलो तथा दीर्घकालीन अनुप्रयोगको समस्या समाधान गर्ने महत्वपूर्ण चरण हो। निर्धारिय योजनामा चीनको अन्तरिक्ष स्टेशन सन् २०२२ मा पूरा भएर राष्ट्रिय अन्तरिक्ष प्रयोगशाला बन्नेछ।

बीबीसी, रायटरले शनचौ १२ मानववाहक अन्तरिक्ष यानको बारेमा सक्रिय जानकारी दिए तापनि "चीनले आफ्नो अन्तरिक्ष महत्वाकांक्षा नलुकाएको" कुरा व्यक्त गरेका छन्। यी सञ्चार माध्यमका अनुसार, "चीन एक्लैले अन्तरिक्ष स्टेशन विकास गर्नुपर्छ, किनभने अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन कार्यक्रमबाट चीनलाई हटाइएको छ। अमेरिकाले कानुनी रुपमा नासालाई चीनसँग कुनै पनि सहयोग पनि प्रतिबन्धित गरेको छ। अल जजीराको आधिकारिक वेभसाइटमा पैचिङको लक्ष्य सन् २०३० सम्म चीनलाई अन्तरिक्षमा ठूलो देश र अन्तरिक्षमा अमेरिकासँग प्रतिस्पर्धा गर्ने पछिल्लो क्षेत्र बनाउनु हो भनेर उल्लेख गरेको छ।

अन्तरिक्ष अन्वेषणको नयाँ अवसरको साझा बाँडफाँड #समाचार सन्दर्भ#_fororder_11

चिनियाँ मानववाहक अन्तरिक्ष परियोजना कार्यालयका प्रमुख जी छी मिङले जुन १६ तारिख आयोजित पत्रकार सम्मेलनमा चिनियाँ मानववाहक अन्तरिक्ष परियोजना सधैं‘शान्तिपूर्ण सदुपयोग हुने, समान आपसी हित पुर्‍याउने र साझा विकास गर्ने’ नियम अनुसार, विश्वमा सबै शान्तिपूर्ण बाहिरी अन्तरिक्षलाई प्रयोग गर्ने मुलुक र क्षेत्रसँग अन्तर्राष्ट्रिय सहयोग र आदानप्रदान गर्ने इच्छा लिएको बताउनुभयो।

वास्तविकमा, चिनियाँ अन्तरिक्ष केन्द्रको स्थापना गरिएपछि माथिल्लो नियमअनुसार विश्वका विभिन्न मुलुक र क्षेत्रसँग सहयोग गर्ने योजना छ। सन् २०१६ यता, चीनले संयुक्त राष्ट्र संघको बाहिरी अन्तरिक्ष विभागसँग सहयोग गरी संयुक्त राष्ट्र संघका सबै सदस्यतर्फ चिनियाँ अन्तरिक्ष केन्द्रमा चल्ने सहयोगात्मक प्रयोगशाला परियोजनाको संकलन गरेर १७ वटा मुलुकका ९ वटा परियोजना चयन गरेको छ। यसका साथै चीन र रूस, फ्रान्स, इटाली, पाकिस्तान आदि मुलुकले अन्तरिक्ष केन्द्रमा विभिन्न क्षेत्रका सहयोग र आदानप्रदान गर्ने योजना छ।

बाहिरीय अन्तरिक्ष विश्वको साझा सम्पति हो। ब्रह्माण्डको अन्वेषण मानवको साझा कार्य हो। अन्तरिक्ष प्रविधिले हरेक व्यक्तिको जीवनमा परिवर्तन गर्दैआएको छ। चिकित्सा तथा औषधीको अनुसन्धान, स्वचालित ड्राइभ, जैविक विज्ञान, इन्टर्नेट तथा सञ्चारआदि अनेकौं क्षेत्रहरूको प्राविधिक अनुसन्धान अन्तरिक्ष प्रविधिसित सम्बन्धित छ। शनचौ १२ मानववाहक अन्तरिक्ष यानको प्रक्षेपण भएको साथासाथै चीन र अन्तरिक्ष स्टेसनको निर्माण गर्ने लक्ष्यसित अझै घनिष्ठ बनेको छ। त्यसपछि सम्बन्धित प्रविधिमध्ये केही प्रविधि प्रत्यक्ष रुपमा नयाँ प्रविधि बन्ने, केही प्रविधिले भविष्यमा हाम्रो जीवनमा परिवर्तन गर्नेछ।

अन्तरिक्ष अन्वेषणको नयाँ अवसरको साझा बाँडफाँड #समाचार सन्दर्भ#_fororder_22

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले एशिया प्रशान्त अन्तरिक्ष सहयोग संगठनको स्थापनाको दशौं वार्षिकोत्सवलाई शुभकामना दिँदै बाहिरी अन्तरिक्ष मानवको साझा सम्पति रहेको र बाहिरी अन्तरिक्षको अन्वेषण, विकास र शान्तिपूर्ण प्रयोग मानवको साझा इच्छा रहेको कुरा व्यक्त गर्नुभयो। चीनले विश्वको विभिन्न मुलुकसँग मिलेर मानव भाग्य समुदायको सिर्जना गर्ने प्रस्ताव प्रस्तुत गरेको, समान र पारस्परिक हित, शान्तिपूर्ण प्रयोग, समाविष्टिक विकासको आधारमा अन्तरिक्ष क्षेत्रको अन्तर्राष्ट्रिय आदान-प्रदान र सहकार्य गर्ने आशा लिएको कुरामा जोड दिनुभयो। उहाँले उचित रुपमा अन्तरिक्ष स्रोत साधनको विकास र प्रयोग गर्ने, अन्तरिक्ष वातावरणको संरक्षण गर्ने, अन्तरिक्ष कार्यलाई मानवमा लाभान्वित हुन अगाडि बढाउने अडान लिएको पनि उल्लेख गर्नुभयो।

“मानव भाग्य समुदाय” अवधारणाको पालना गर्ने चीनले गरेको अन्तरिक्ष अन्वेषण निजी हितका लागि होइन। पूर्वी पौराणिक कथामा उल्लेख गरिने “थ्येन कुङ”ले ढोका खोल्ने, अन्तरिक्ष अन्वेषण कार्यका लागि मद्दत दिने र बाहिरी अन्तरिक्षमा मानवको साझा घर बन्ने छ।