#समाचार सन्दर्भ# चिनियाँ अर्थतन्त्र विश्व अर्थतन्त्रको इन्जिङ भइरहने
2021-06-17 19:28:43cri
Share with:

#समाचार सन्दर्भ# चिनियाँ अर्थतन्त्र विश्व अर्थतन्त्रको इन्जिङ भइरहने_fororder_IMG_2342(20210617-191556).JPG

हालै ब्लूमबर्गका अर्थशास्त्रीले आपूर्ति वा मागबाट चीनको आर्थिक सूची निरन्तर रूपमा पुनर्रूत्थान हुने अपेक्षा लिएका छन। जुन १६ तारिख चीन सरकारले सार्वजनिक गरेको मे महिनामा राष्ट्रिय आर्थिक सूचीले पनि उक्त अपेक्षालाई प्रमाणित गरेको छ।

औद्योगिक उत्पादन, सेवा उद्योग, स्थिर सम्पत्तिमा लगानी स्थिर रूपमा बृद्धि भएको छ। बजार बिक्री पुनर्रूत्थान भइरहेको छ र आयात-निर्यात स्थिति पनि द्रुत गतिले बृद्धि भएको छ। मे महिनामा चीनको आर्थिक अवस्थाले यस वर्षयता स्थिर भएर पुनर्रूत्थान हुने प्रवृत्ति कायम राखेको छ। रूसी अखवारले हालै एक टिप्पणी प्रकाशित गर्दै चीन विश्व आर्थिक पुनर्रूत्थान बढाउन सहयोग गर्ने भरपर्दो इन्जिङ भइरहने उल्लेख गरेको छ।

आपूर्ति पक्षबाट हेर्दा चीनको अर्थतन्त्रका विभिन्न सक्रिय तत्व देखिएका छन्। चीनको उच्च प्राविधिक निर्माण उद्योगको द्रुत बृद्धिले निर्माण उद्योगको पुनर्रूत्थानलाई सक्रिय अपेक्षा प्रदान गरेको छ। साथै स्थिर रूपमा उच्च गुणस्तरीय विकासतिर स्थानान्तरण भएको निर्माण उद्योगले चीनको अर्थतन्त्रको समग्र पुनर्रूत्थानलाई थप शक्ति प्रदान गर्नेछ।

#समाचार सन्दर्भ# चिनियाँ अर्थतन्त्र विश्व अर्थतन्त्रको इन्जिङ भइरहने_fororder_IMG_2343(20210617-191602).JPG

माग पक्षबाट हेर्दा विदामा उपभोक्ताको मागको संचालनमा रेल यातायात, हवाइ यातायात, होटेललगायत उद्योगको व्यापार कार्यक्रम लगातार दुई महिनामा ६५ प्रतिशतभन्दा बढी पुगेको छ।

यसबाहेक उपभोक्ता बजारको स्थितिबारे समष्टिगत रूपमा प्रतिबिम्बित हुने सामाजिक उपभोग्य वस्तुहरूको कुल खुद्रा बिक्री मात्रा मे महिनामा ३५ खर्ब ९४ अर्ब ५० करोड चिनियाँ युआन पुगेको छ भने गत वर्षको अवधिको तुलनामा १२.४ प्रतिशतले बृद्धि भएको छ। गत हप्ता विश्व बैँकले यसै वर्ष चीनको आर्थिक बृद्धिसम्बन्धी अपेक्षा ७.९ प्रतिशतबाट ८.५ प्रतिशतसम्म बढाएको थियो। जसको प्रमुख कारण नै आर्थिक पुनर्रूत्थान क्षेत्र सार्वजनिक लगानी क्षेत्रबाट उपभोग क्षेत्रसम्म विस्तृत भएको हो। यसका साथै चीनको आर्थिक पुनर्रूत्थान हुनुका साथै आधारभूत जनजीवनको संरक्षण पनि भएको छ। हाल विश्वमा महामारी फैलिरहेकोले आर्थिक पुनर्रूत्थान हुन अस्थिर तत्व रहिरहेको छ। तर अनुकूल अवस्था बढिरहेसँगै चीनको अर्थतन्त्र निरन्तर रूपमा पुनर्रूत्थान हुनेछ र विश्व आर्थिक इन्जिङको रूप पनि थप दृढ हुनेछ।