#समाचार सन्दर्भ# लङ टेबुल र राउण्ड टेबुल
2021-06-18 17:28:02CRI
Share with:

किम्बदन्तीका अनुसार, प्राचीन ब्रिटेनका एक पौराणिक राजा थिए उनको नाम ओथर थियो। उनको शासनमा धेरै बहादुर सिपाहीहरू थिए। ती सीपाहीहरूलाई समानता दिनका लागि राजा ओथरले तानाशाही प्रतिनिधित्वमा रहेको लङ टेबुल छोडेर राउण्ड टेबुलको प्रयोग गरेका थिए। यसरी नै राउण्ड टेबुलमा राजा ओथरलगायत सबै जनाबीच वास्तविक समानता कायम भएको थियो र हरेक जनाले स्वतन्त्र रूपमा बोल्न सक्थ्ये। अन्तमा उक्त राउण्ड टेबुल भावनाको आधारमा उनीहरूले शत्रुको आक्रमणलाई पराजित गरेका थिए र उक्त भावना पनि हालसम्म लोकप्रिय छ।

#समाचार सन्दर्भ# लङ टेबुल र राउण्ड टेबुल_fororder_01

जुन ११ देखि १३ तारिख जी ७ शिखर सम्मेलन बेलायतको कोर्नवलमा आयोजना भएको छ। अमेरिकी राष्ट्रपति जोसेफ बाइडेनले घोषणा गर्नुभयो कि अमेरिका फेरि वार्ता टेबुलमा फर्क्यो भन्दै सबैलाई खराब ट्रम्प युग गइसकेको प्रमाणित गर्न खोज्नुभयो। तर अमेरिकाले विश्वलाई पुनःनेतृत्व गर्ने बाइडेनको अर्को भनाइले सबैलाई सपनाबाट वास्तविकतामा ल्याएको छ---अमेरिका लङ टेबुलमा मात्र फर्केको छ यसले जहिले पनि एकपक्षवाद र प्रभूत्व विचार छोडेको छैन। सम्मेलनमा अझै अमेरिकाको नेतृत्वमा आयोजना भएको र अमेरिकाले शिखर सम्मेलनलाई चीन विरोधी सम्मेलनको रूपमा बनाउन खोजेको छ। अझै कहाँसम्म भने तथाकथित ब्याक बिल्ड बेटर वल्ड इनिशिएटिभ उठाएको छ तर विश्वको साझा समृद्धिलक्षित होइन वेल्ट एन्ड रोड इनिशिएटिभको प्रतिरोध गर्ने मात्रै हो साथै अमेरिकाले चीनसँग रणनीतिक प्रतिस्पर्धा गर्न अरू सदस्यलाई ताकिता गरेको छ। तापनि सम्बद्ध प्रतिकृया थोरै देखिन्छ। अमेरिकाको लङ टेबुल धारणाले पनि अरू सदस्य मुलुकलाई असन्तोष लागेको छ। फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोनले स्पष्ट रूपमा प्रकट गर्नुभयो कि जी ७ चीनलाई शत्रु बनाउने क्लब होइन र अहिले चीनसँग सहयोगी साझेदारी सम्बन्ध बनाउन खुला तथा सम्मान गर्नुपर्छ। इटलीका प्रधानमन्त्री मारियो ड्राघी र जर्मनीका चान्स्लर एन्गेला डोरोथी मर्केलले चीनसँग मैत्रीपूर्ण सहयोग सम्बन्ध बनाउने आशा लिनुभयो। मर्केलले दोहोर्‍याउनुभयो कि चीनसँग गर्ने धेरै कार्यमा सहयोग राख्नुपर्छ तर द्वन्द्व होइन, युरोपका लागि चीन निकै महत्वपूर्ण छ, यदि चीन नभएमा धेरै समस्याको उपाय हुँदैन। बाइडेनले बहाना रूपमा नम्रतापूर्वक वार्तामा फर्केर लङ टेबुलमा बसेर अर्कै रूपमा एकपक्षवादको पुरानो बाटो हिड्न खोज्नुभयो तर वर्तमान विश्व पनि परिवर्तन भएको छ र राउण्ड टेबुल नै सबैको अपेक्षा हो।

#समाचार सन्दर्भ# लङ टेबुल र राउण्ड टेबुल_fororder_02

लगभग एकै अवधिमा अर्थात् जुन १५ तारिख शाङ हाइ सहयोग संगठन स्थापना भएको २०औँ वार्षिकोत्सव पनि मनाइयो। २० वर्षयता शाङ हाइ सहयोग संगठन नै सुरूमा ६ वटा सदस्य मुलुकदेखि हाल ८ वटा सदस्य मुलुक, ४ वटा पर्यवेक्षक मुलुक, ६ वटा वार्ता साझेदारीसम्म विकास भएको छ। हाल विश्वमा सबैभन्दा ठूलो ठाउँ र सबैभन्दा बढी जनसंख्यामा ओक्टेको व्यापक क्षेत्रीय सहयोग संगठनको रूपमा रहेको शाङ हाइ सहयोग संगठन अन्तर्राष्ट्रिय मामिलामा एक महत्वपूर्ण रचनात्मक शक्ति पनि बनेको छ। यी नै आपसी विश्वास, आपसी हितयुक्त, समान, सल्लाह, बहु-सभ्यतामा सम्मान, साझा विकासको खोज्ने समेत शाङ हाइ भावनाबाट फाइदा पुगेको हो। शाङ हाइ भावनाको नेतृत्वमा विभिन्न सदस्य मुलुकले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय चर्चित विषयमा समन्वय गरी एकीकृत स्थिति राखेर क्षेत्रीय विकास र अन्तर्राष्ट्रिय सहयोगलाई बढाउन सक्छन्। २० वर्षयता सदस्य मुलुकको आर्थिक कूल मात्रा लगभग २०० खर्ब अमेरिकी डलर पुगेको छ भने २० वर्षअघिको तुलनामा १३ गुणा बढेको छ। साथै वैदेशिक व्यापारको कूल मात्रा ६६० खर्ब अमेरिकी डलर पुगेको छ भने १०० गुणा बढेको छ। यसबाहेक महामारी नियन्त्रण क्रममा शाङ हाइ भावना पनि सम्पूर्ण रूपमा प्रतिबिम्बित भएको छ। महामारी फैलिएपछि अमेरिकालगायत पशचिमा मुलुकले महामारीलाई राजनीतिको रूपमा बनाए पनि शाङ हाइ सहयोग संगठनले महामारी नियन्त्रण अनुभव शेयर, खोप अनुसन्धान, चिकित्सा सामग्री आपूर्तिलगायत विभिन्न पक्षमा आपसी सहयोग गरिरहेका छन् साथै द्वीपक्ष, कोभ्याक्सलगायत उपायमार्फत विश्वलाई खोप प्रदान गरी विश्वमा खोपको सन्तुलित वितरणलाई सक्रिय रूपमा बढाइरहेका छन् र विश्वको महामारी नियन्त्रणलाई बलियो शक्ति प्रदान गरेको छ। शाङ हाइ सहयोग संगठनले शान्तिपूर्ण विकास र वीन-वीन मोड लिएर नयाँ ढाँचाको अन्तर्राष्ट्रिय सम्बन्धको नमूना प्रदान गर्नुका साथै साँच्चिकै राउण्ड टेबुलमा बसेर मात्रै अन्तर्राष्ट्रिय सहयोग हुनसक्ने प्रमाण गरेको छ।

#समाचार सन्दर्भ# लङ टेबुल र राउण्ड टेबुल_fororder_03

लङ टेबुल र राउण्ड टेबुलले सम्पूर्ण फरक तर्कको प्रतिनिधित्व गर्छ र पूर्ण विपरीत यात्राको अन्त्य हुनेछ।