सी चिनफिङ र गणतन्त्र कङगोका राष्ट्रपतिबीच टेलिफोन वार्ता
2021-06-22 15:21:48cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुन २१ तारिख गणतन्त्र कङगोका राष्ट्रपति डेनिस सासौसँग टेलिफोन वार्ता गर्नुभएको छ।

 

टेलिफोनका क्रममा राष्ट्राध्यक्ष सीले गणतन्त्र कङगोसँगै मिलेर राजनीतिक पारस्परिक विश्वासलाई गहन पारी दुवै देश बीचको रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई अघि बढाउँदै जान चीन इच्छुक रहेको कुरा औंल्याउनुभएको छ।

 

प्रत्युत्तरमा राष्ट्रपति सासौले चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सतवार्षिकीलाई हार्दिक शुभकामना व्यक्त गर्नुभयो। साथै उहाँले नयाँ कोरोना महामारीको प्रतिरोध र आर्थिक तथा सामाजिक विकास गर्ने सन्दर्भमा गणतन्त्र कङगोलाई मूल्यवान समर्थन गरेकोमा कृतज्ञता पनि प्रकट गर्नुभएको छ। चीनसँगै मिलेर दुवै देश बीचको मैत्रीपूर्ण सम्बन्धलाई गहन पारी सक्रियताका साथ बेल्ट एण्ड रोडको निर्माण गर्दै जान गणतन्त्र कङगो इच्छुक रहेको कुरा पनि उहाँले बताउनुभएको छ।