फिल्टर प्रविधि नभएको जापानले कसरी आणविक फोहोर पानी निकाल्ने दुस्साहस गर्यो?
2021-06-22 17:19:46cri
Share with:

फिल्टर प्रविधि नभएको जापानले कसरी आणविक फोहोर पानी निकाल्ने दुस्साहस गर्यो?_fororder_1

जापानी सरकारले फुकुशिमा आणविक फोहोर पानी समुद्रमा विसर्जन गर्ने निर्णय गरेयता आफ्नो तर्फबाट सुरक्षित नै भएको प्रचार गरिरहेको छ। तर २० तारिख एनएचकेले रिपोर्ट गरेअनुसार, फुकुशिमा आणविक फोहोर पानी व्यवस्थापनको जिम्मेवार टोकियो इलेक्ट्रोनिक पावर कम्पनी होल्डिङस अर्थात् टी.यी.पी.सी.ओले आणविक फोहोर पानीमा रहने ट्रिटियमको फिल्ट गर्न समाजबाट व्यवहारिक प्रविधिको सार्वजनिक रूपमा संकलन गर्दैछ। इन्टर्नेटमा प्रश्न आएको छ कि फिल्ट प्रविधि नहुँदा नहुँदै पनि जापानी सरकारले कसरी आणविक फोहोर पानी निकाल्ने निर्णय गरेको त?

फिल्टर प्रविधि नभएको जापानले कसरी आणविक फोहोर पानी निकाल्ने दुस्साहस गर्यो?_fororder_2

वास्तवमा गत अप्रिलमा जापानले आणविक फोहोर पानी समुद्रतिर मिसाउने निर्णय गरेयता छिमेकी मुलुकलगायत विश्वले निन्दा गरिरहेको छ। तर जापानले बेवास्ता गर्नुका साथै झुटको सहारामा विश्वलाई ठगिरहेको छ। आणविक फोहोर पानीको कसरी वैज्ञानिक रूपमा व्यवस्थापन गर्ने र समुद्रतिर निकालेपछि के कस्तो प्रभाव पर्ने भन्ने महत्वपूर्ण विषयबारे जापानले प्रत्यक्ष जवाफ दिएको छैन। कुनै जापानी राजनीतिज्ञले भनेका थिए कि त्यो पानी पिउँदा पनि कुनै समस्या हुने छैन। तर हालसम्म समस्त विश्वले उनीहरूले पिएकोबारे जानकारी पाएको छैन।

क्योदो न्यूज सर्भिसले रिपोर्ट गरेअनुसार, टीयीपीसीओले कार्यक्रमको निश्चित गरिसकेको छ भने आणविक फोहोर पानीमा रहने रेडियोधर्मी तत्व ट्रिटियमलाई मापन गर्दैन तर एकाग्रता आधारित नतिजाबमोजिम निकाल्ने मानक पुग्ने कि नपुग्ने निर्णय गर्नेछ। त्यसो भए जापानले ‘रूट अफ रिट्रिट’ अर्थात् वैकल्पिक छनोट गर्नुका साथै झुटका सहारामा बचाउ गरिरहेको छ।

इतिहासमा जापानले अतिक्रमणकारी युद्ध चलाएर विभिन्न मुलुकमा ठूलो मानवीय प्रकोप निम्त्याएको थियो तर हालसम्म पनि जापानी राजनीतिज्ञले हार्दिक माफी माग्ने इच्छा देखाएका छैनन्। हाल जापानले आणविक फोहोर पानी समुद्रतिर निकाल्ने कार्यक्रम जथाभावी रूपमा चलाएबाट विश्वका जनताको स्वास्थ्य र परिस्थितिमा हानी पुर्याउनुका साथै मानव जातिको न्यायमा पनि चुनौती दिइरहेको छ।