#अल्पसंख्यक जाति# तिब्बती विद्यार्थी र ह्यामलेट-1
2021-06-22 10:10:07cri
Share with:

#अल्पसंख्यक जाति# तिब्बती विद्यार्थी र ह्यामलेट-1_fororder_哈姆雷特1#अल्पसंख्यक जाति# तिब्बती विद्यार्थी र ह्यामलेट-1_fororder_哈姆雷特2

तपाईँले भर्खरै सुन्नुभएको आवाज शाङहाइस्थित एउटा नाटक घरमा प्रदर्शन गरिएको तिब्बती भाषामा अनुवादित शेक्सपियरको नाटक ह्यामलेट हो। यो नाटक शाङहाइ नाटक विद्यालयको तिब्बती प्रदर्शन कक्षामा पढ्ने विद्यार्थीहरूले प्रदर्शन गरेका हुन्। तिब्बती अभिनेताहरूले तिब्बती भाषामार्फत् प्रदर्शन गरिएको प्रसिद्ध बेलायती नाटकमा समय र ठाउँसँगै सांस्कृतिक शक्तिको अनुभव गर्नसकिन्छ।

“तिब्बती भाषामा फरक महसुस हुन्छ। चिनियाँ भाषा होस् वा तिब्बती महसुस पक्कै फरक-फरक छ। तिब्बती संस्कृतिबाट पनि शेक्सपियर नाटकको प्रदर्शन गर्नसकिन्छ। ”

“हामीले यो नाटक तिब्बतमा प्रदर्शन गर्ने आशा गरेका छौँ। जसबाट पश्चिमा र विश्वको क्लासिक नाटकहरू तिब्बतसम्म पुर्याउन सकिनेछ।”

यो उत्साहपूर्ण आवाज तिब्बती अभिनेत्री तानचङकुङचि र अभिनेता तुनचुट्रेरेनको हो। स्नातकका लागि उनीहरूले पूर्वाभ्यास गरेको नाटक ह्यामलेट मे महिनामा शाङहाइमा प्रदर्शन गरिएको छ। यो नाटक चिनियाँ भाषा र तिब्बती भाषागरी दुई प्रकारमा विभाजित छ। नाटकमा यूरोपेली शैली पोशाक र प्रोप्स कायम राखिनुका साथै कोच्वाङ नाच लगायत तिब्बती कारक तत्व पनि थपिएको छ। चिनियाँ तथा तिब्बती भाषा गरी दुवै प्रकारको नाटकमा तिब्बती अभिनेताले ह्यामलेटको प्रदर्शन गरेका छन्। उनीहरूले राम्रो प्रदर्शन गरेका छन्।